मुलुकी अपराध संहिता ऐन २०७४ मा संशोधन हुने बुँदा यस्ता छन्

नेपाल चिकित्सक संघको आन्दोलनबाट नरम बनेको सरकारले मुलुकी फौजदारी संहिता ऐन २०७४ मा चिकित्सक सम्बन्धी ऐन संशोधन गर्ने भएको छ ।
मन्त्रिपरिषद् मार्फत कुन कुन संशोधन प्रस्ताव संसदमा लगिँदैछ:
हालकोः दफा २३० को उपदफा (२) हुनुपर्ने
खारेज गर्ने कारणः चिकित्सक तथा स्वास्थ्यकर्मीको पहुँच गाउँगाउँसम्म पुगिसकेको परिप्रेक्ष्यमा बिना शैक्षिक योग्यता तथा बिनादर्ता उपचारमा संलग्न भएमा बिरामीको ज्यान जोखिममा पर्न सक्ने ।
हालकोः दफा २३३ उपदफा (३) पछि उपदफा (३क) थप गर्ने हुनुपर्नेः (३क) उपदफा (१),(२) र(३) मा जुनसुकै कुरा लेखिएको भएतापनि प्राकृतिक विपद, सडक दुर्घटना वा महामारी जस्तो विशेष परिस्थितीमा बिरामीको ज्यान जोगाउँनको लागि जानकारी नभएकालाई पनि उपचार गराउन बाधा पारिने छैन ।
कारणःउल्लेखित विशेष परिस्थितिमा सम्बन्धित बिरामीको हकवाला वा संरक्षक उपस्थित पूर्ण रुपमा सम्भव हुनेछ ।
हालकोः नयाँ दफा थप हुनुपर्ने हुनुपर्नेः दफा २३९ पछी देहाय बमोजिमको दफा २३९ क र २३९ ख थप हुनुपर्ने । २३९ क यस परिच्छेदको विभिन्न प्रकरणमा उल्लेखित सजाय गर्नु अघि सम्बन्धित काउन्सिलको छानवीन प्रतिवेदनको आधारमा मात्रै गर्नुपर्ने ।
कारणः चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सजाय गर्नुअघि सम्बन्धित विषय विज्ञको राय परामर्श आवश्यक पर्ने भएकोले ।
हालकोः नयाँ दफा थप हुनुपर्ने हुनुपर्नेः २३९ख. गालीगलोज, हातपात, कुटपिट, तोडफोड र आगजनी गर्न नहुने । कर्तव्यपालनमा रहेको स्वास्थ्यकर्मी उपर कसैले गालीगलोज, हातपात वा कुटपिट गर्न नहुने कुनैपनि स्वास्थ्य सस्थामा तोडफोड आगजनी तथा हुलदंगा गर्न नहुने । उपदफा १ र २ विपरित कसुर गर्ने गराउने व्यक्तिलाई बिना धरौटी थुनामा राखी कुटपिट वा अंगभंग सम्बन्धी परिच्छेदमा उल्लेखित सजाय हुने छ ।
कारणः स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा तथा उपचारत सेवाग्राहीको सेवा सुनिश्चित गर्नका लागि ।
हालकोः दफा २४० उपदफा (१) हुनुपर्नेः उपदफा १ मा रहेको ‘जहिलेसुकै पनि उजुर लाग्नेछ’ भन्ने शब्दको सट्टा ‘ज्यान मरेको मितिले ६ महिना नाघेपछि उजुरी लाग्ने छैन’ भन्ने शब्द हुनुपर्ने ।
कारणः उजुरी गर्ने हदम्याद निश्चित हुनुपर्ने ।