महोत्तरीमा डेंगु देखिएपछि सामाजिक विकास मन्त्रालय सक्रिय 



Download our app to get more features

महोत्तरी १९, भदौ । महात्तरीको जलेश्वर नगरपालिका वडा नं ८ बजराहीमा डेंगुका बिरामी देखिएपछि प्रदेश २ को सामाजिक विकास मन्त्रालयको निर्देशनमा डेंगु नियन्त्रणको लागि अभियान सुरु गरिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयमा डेंगु नियन्त्रण अभियान चलाउन बजेट अभाव भएपछि मन्त्रालयले नै अभियान सुरु गराएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक संतोष ठाकुरले बताए ।

 जनस्वास्थ्य निरीक्षक ठाकुरका अनुसार हालसम्म दुई जनालाई डेंगु भएको पहिचान भईसकेको छ भने एकजनाको शंकास्पद छ । गतवर्ष ८ सय ४७ जनामा डेंगु देखिएकोमा यस वर्ष सुरुमै नियन्त्रण गर्न आफुहरु विभिन्न अभियान मार्फत लागि रहेको उनले बताए ।
 डेंगुको पहिचान गर्न चाहिने कीट सामाजिक विकास मन्त्रालय र जिल्ला स्वास्थ्य कार्यालयको पहलमा २ सय ५० थान इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट उपलब्ध भईसकेको ठाकुरले जानकारी दिए । 

प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह र राज्यमन्त्री अभिराम शर्माले बिहीवार जलेश्वर अस्पतालमा भएको डेंगु ज्वरो सम्बन्धि अभिमुखिकरण कार्यक्रममा तत्काल डेंगु नियन्त्रणका लागि अभियान चलाउन निर्देशन दिए । त्यस लगत्तै जिल्ला स्वास्थ्य कार्यालयले डेंगु नियन्त्रणको लागि सर्च एण्ड डिस्ट्रोय अभियानको सुरुवात गरेको हो । 

अभियानमा जनप्रतिनिधी, रेडक्रस सोसाईटी, शान्ति तथा विकासका लागि युवा संजाल (वाईएनपिडी) तथा अन्य विभिन्न संगठनहरुले समेत सहयोग गरेका थिए ।


 

Last modified on 2018-09-05 06:07:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts