निजामती दिवसका अवसरमा सिंहदरवारमा निःशुल्क स्वास्थ्य शिविर

अधिकांश कर्मचारीमा उच्च रक्तचाप



Download our app to get more features

काठमाडौं, २१ भदौ । स्वास्थ्य मन्त्रालयले निजामती सेवा दिवसको अवसरमा सिंहदरवारमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा वीर अस्पताल र मनमोहन मुटु सेन्टरका विशेषज्ञ चिकित्सकले सेवा प्रदान गरेका छन् । 

चिकित्सकले शिविरमा सहभागीहरूको रक्तचाप परीक्षण,  मुटुरोग र मधुमेहको परीक्षण गरेका सिंहदरवार स्थिति हेल्थ डेक्सले जनाएको छ । शिविर भोलि सम्म सञ्चालन हुने छ । शिविरको पहिलो दिन विहीबार एक सय २० जना कर्मचारीले स्वास्थ्य परिक्षण गराएका थिए । शिविर भोलिसम्म सन्चालन हुने हेल्थ डेक्स प्रमुख दीपक मुडभरीले बताए । आज ६० जनाको सुगर जाँच, ५०  जनाले इको, ५५ जनाले इसीजी गरेको जनाइएको छ ।  शिविरमा सहभागी अधिकांंशमा ब्लड प्रेसरको समस्या  रहेको र नियमित औषधि सेवन गरेका थिए । 

Last modified on 2018-09-07 07:09:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts