चिकित्सक संघका अध्यक्ष श्रेष्ठद्वारा सरकारी सेवाबाट राजीनामा



Download our app to get more features

काठमाडौं, २१ भदौ । नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सरकारी सेवाबाट राजीनामा दिएका छन् । राजनीतिमा पूर्णकालिन रुपले लाग्ने भन्दै उनले राजीनामा दिएका हुन् । उनी नेपाल सरकारको १०औं तह (उपसचिव) मा कार्यरत थिए ।

स्वास्थ्य मन्त्रालयले पनि डा. श्रेष्ठको राजीनामा स्वीकृत भएको जनाएको छ । ३३ वर्ष स्वास्थ्य सेवामा काम गरेका डा. श्रेष्ठ पछिल्लो समय काभ्रेपलाञ्चोक मेथिनकोट अस्पतालमा कार्यरत थिए । केही समयदेखि उनीमाथि चिकित्सकीय पेसामा भन्दा पनि राजनीतिमा बढी संलग्न रहेको आरोप लाग्दै आएको थियो । आलोचना बढ्दै गएपछि पूर्ण रुपमा राजनीतिमा लाग्न राजीनामा दिएको उनले बताए । 

डा. श्रेष्ठविरुद्ध संघको अध्यक्ष भएपछि बिदा नलिई कार्यालयमा गयल भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ ।

Last modified on 2018-09-07 07:09:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts