ओम अस्पतालमा फेरी उद्धब पौडेल इन भोला रिजाल आउट 



Download our app to get more features

काठमाण्डौ, २२ भदौ । ओम अस्पतालको अध्यक्षबाट पुनः हटाइएपछि डा. भोला रिजालले ओम अस्पताल छाडेका छन् । 

अस्पतालको सञ्चालक समितिले पुनः पूर्व अध्यक्ष उद्धब पौडेललाई अध्यक्ष बनाएपछि असन्तुष्ट भोला रिजाल आउट भएका हुन् । ओम अस्पतालले विज्ञप्तिमार्फत उद्धव पौडेललाई अध्यक्ष चुनेको जानकारी दिएसँगै चर्चित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालले ओम अस्पताल छाडेको जानकारी गराएका छन् । 

अस्पतालमा उपचारको गुणस्तर खस्किएको भन्दै पौडेललाई हटाएर डा. रिजाललाई एकवर्ष अघिमात्र अध्यक्ष बनाइएको थियो । रिजालले अब जोरपाटीस्थित नेपाल मेडिकल कलेजबाटमात्र उपचार दिने जनाइएको छ । त्यसो त उक्त मेडिकल कलेजका सञ्चालक पनि डा. रिजाल नै हुन् ।

Last modified on 2018-09-08 10:44:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts