यसकारण छाडे भोला रिजालले ओम अस्पताल



Download our app to get more features

काठमाडौं, २२ भदौ । ओम अस्पतालका संस्थापक अध्यक्ष डा. भोला रिजालले अध्यक्ष पदबाट राजीनामा दिनुको कारण सार्वजनिक भएको छ । उनले सेयरधनीहरुलाई लेखेको पत्रमा अस्पतालका अन्य शेयरधनीले आफु नभएको समयमा बिभिन्न उपकरण टेण्डर गरेको विषयमा गंम्भीर आपत्ती जनाएको छन् । 

एक वर्ष अघि मात्रै ओम अस्पतालमा डा. रिजाल अध्यक्ष बनेका थिए । अस्पतालका तत्कालिन अध्यक्ष पौडेललाई उपचारको गुणस्तर खस्किएको भन्दै हटाएर डा. रिजाल अध्यक्ष बनेका थिए । रिजालले अब जोरपाटीस्थित नेपाल मेडिकल कलेजबाट मात्रै उपचार दिने जनाइएको छ । डा. रिजाल निकट स्रोतका अनुसार उनको ओम अस्पतालमा १२ प्रतिशत सेयर छ । यद्यपी अस्पतालका एकजना अधिकारीले भने डा. रिजालको ५ प्रतिशतमात्र रहेको दावी गरेका छन् । त्यसो त मेडिकल कलेजका सञ्चालक पनि डा. रिजाल नै हुन् ।

डा. रिजालले कुनै समय नेपालकै पहिलो स्थानमा रहेको अस्पतालको पछिल्लो क्रममा स्तर कम हुँदै गएकाले अस्पताल छाड्नुपरेको बताएका छन् । उनले आफू संचालक समितिमा आउन नचाहाँदा समेत बारबार अस्पतालको जिम्मेवारी दिइएको पनि दावी गरेका छन् । आफुलाई अध्यक्ष बनाइएपनि अस्पतालमा काम गर्ने वातावरण अनुकुल बनाउनुको साटो प्रतिकुल बन्दै गएको बताएका छन् ।

उनले अस्पतालका कर्मचारीसँग दोहोरो कुराकानीको वातावरण पनि अनुकुल हुन नसकेको र आफूलाई बिहान ६ बजेदेखि राति अवेरसम्म काम गर्नुपर्दा अन्य कुरामा ध्यान दिन नसेको पनि उल्लेख गरेका छन् । साथै, अस्पतालका कर्मचारी र उनका परिवारलाई उपचारका क्रममा दिइँदै आएको १० देखि १५ प्रतिशत छुट पनि कटौति हुँदा उनको मनोबल कमजोर हुँदा कर्मचारीमा नैराश्यताले काम गर्न असहज भएको पनि खुलाएका छन् । 

आफ्नै उपचारका लागि केही समयअघि डा. रिजाल बेलायत गएसँगै ओम अस्पतालमा चलखेल सुरु भएको हो । अस्पतालको संचालक समिति पहिलेदेखि नै रिजालसँग असन्तुष्ट थियो । समयनाकुल नेतृत्व क्षमता वृद्धि नगरेको, प्रतिस्पर्धी हुन नसकेको, सामुहिक नेतृत्वमा नगएको भन्दै असन्तुष्ट समितिले रिजाल उतै छँदा अस्पताल सुधारका लागि केही संयन्त्रहरु गठन गरेको थियो । अस्पतालका एक अधिकारीले भने, 'डा. रिजालले किन यसरी विभिन्न टिकाटिप्पणी गर्नुभयो थाहा छैन । अस्पतालमा ४४ जनाको सेयर छ । सबैलाई अस्पतालको माया छ । यसलाई राम्रो बनाउने सबैको दायित्व छ । उहाँको पनि सेयर त छ ।' 

Last modified on 2018-09-08 10:32:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts