अल्छे वा कमजोर आँखामा समस्या चाडै देखिन्छ 



Download our app to get more features

हरेक उमेर समूहका मानिसमा आँखाको दृष्टि धमिलो देखिने वा तिरमिर देखिने समस्या हुनसक्छ । यसलाई कतिपयले सामान्य सम्झेर हेलचक्रयाईं गर्ने गरेको पाइन्छ । यस्तो समस्या उमेर बढेसँगै बढी देखा पर्छ । यस्तो समस्याबाट जोगिन आँखा रोग विशेषज्ञ डाक्टर निशा श्रेष्ठले केही सुझाब दिएकी छिन् । 
आँखा धमिलो वा तिरमिराउने कुनै निश्चित कारण छैन । यस्तो समस्या उमेर अनुसार फरक पर्न सक्छ । तर, चिकित्सकीय भाषामा अल्छे वा कमजोरी आँखा हुनु नै आँखा धमिलो हुने प्रमुख कारण हो ।

आँखा धमिलो हुँदा सामान्यतया यस्ता लक्षण देखिन्छ ः

  • सुरुसुरुमा आँखा चिलाउने ।
  • आँखा दुख्ने ।
  • आँखा रातो हुने ।
  • आँखा धमिलो हुने ।
  • टाउको दुख्ने ।
  • आँसु बगिरहने ।

आँखा धमिलो हुने कारणहरू

  • कमजोर आँखा हुँदा ।
  • आँखामा संक्रमण हुनु ।
  • मोतिबिन्दु हुनु ।
  • जलबिन्दु हुनु ।
  • आँखाको पर्दामा चोटपटक लाग्नु वा अन्य समस्या आउनु ।
  • आँखाको नशामा समस्या आउनु ।
  • वंशाणुगत गुण ।

आँखा धमिलो हुनबाट बचाउने उपाय

  • आँखालाई स्वस्थ राख्न सँधै सचेत हुने ।
  • सम्भव भएसम्म धुँवा धुँलोबाट बचाउने ।
  • उच्च रक्तचाप तथा चिनी रोगका बिरामीले समय समयमा आँखा परीक्षण गराउने ।
  • मोतिबिन्दु लगायतका रोग लागेका लक्षण देखिए तुरुन्त उपचार गराउने ।
  • स्वस्थ आँखा भए पनि कम्तिमा वर्षको एकपटक आँखाको परीक्षण गराउने ।
  • सन्तुलित र स्वस्थ खानामा ध्यान दिने ।
  • आँखा संवेदनशील अंग भएकाले कुनै पनि समस्या आए हेलचेक्र्याईं गर्नुहुन्न । तुरुन्त परीक्षण गराई चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गर्नुपर्छ । थोरै मात्र ध्यान नदिँदा पनि सदाको लागि दृष्टि गुम्न सक्ने खतरा हुन्छ । समयमै सचेत हुनु बुद्धिमानी हुन्छ ।

भिडियो हेर्नुहोस् ।

Last modified on 2018-09-12 07:17:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts