मुलुकमै पहिलोपटक बारबर्दियाले सुरु गर्यो सिकलसेल एनिमिया सम्बन्धी पढाई 



Download our app to get more features

बर्दिया । नेपालका ७ सय ५३ वटा स्थानीय तहमध्ये सबभन्दा पहिलो पटक बालबालिकाहरुको शिक्षामा पहुँचमा सुनिश्चितता घोषणा गरेको बर्दियाको बारबर्दिया नगरपालिकाले मुलुकमै पहिलो पटक सिकलसेल एनिमिया न्यूनीकरणमा महत्वपूर्ण कदम चालेको छ । 

३९ औ राष्ट्रिय शिक्षा दिवस तथा ५२ औं राष्ट्रिय साक्षरता दिवसको अवसरमा नगरपालिकाले सिकलसेल र थालेसेमिया नामक पुस्तक विमोचन गरेको छ । यो पुस्तक बारबर्दिया नगरपालिकाका सबै निजी तथा सरकारी विद्यालयहरुमा आइतवारदेखि कक्षा ९ को समाजिक शिक्षा विषयको स्थानीय पाठ्यक्रममा समावेश गरि पठन पाठन सुरु गरिएको छ । ७२ प्रतिशत थारु समुदायको बसोबास रहेको बारबर्दिया नगरपालिकाका सबै वडाहरुमा रोग परिक्षणको काम भैरहेको छ । यो रोग रोकथामको लागि परीक्षणका साथै कार्ड वितरण पनि भैरहेको छ । 

यो रोगको धेरै लक्षणहरु हुने भएकोले रोग पहिचान हुदासम्म रोगीलाई धेरै पीडा हुनुको साथै धेरै पैसा खर्च भैसकेको हुन्छ । त्यसैले समुदायस्तरमा निःशुल्क परीक्षण कार्यक्रमहरु आयोजना गरिएको नगरपालिकाका मेयर दुर्गाबहादुर थारुले जानकारी दिए । 

धेरै जसो थारु समुदायका मानिसमा लाग्ने यो रोगबाट धेरै मानिस अझै अनभिज्ञ छन । आफ्नो पाठ्य समाग्रीमा सिकलसेल र थालेसेमिया रोग बारे पुस्तक समावेश भएकोले स्थानीय विद्यार्थी खुसि भएका छन् । 

Last modified on 2018-09-10 16:44:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts