तीजको अवसरमा निःशुल्क क्यान्सर परीक्षण



Download our app to get more features

काठमाडौ २५, भदौ । नेपाल अर्बुद रोग निवारण संस्थाले स्थापनाको ३६ औं वार्षिकोत्सब तथा तीजको अवसर पारी नेपालका विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 

ब्यस्त रहनुस्, मस्त रहनुस् ,स्वास्थ  रहनुस, ३६५ दिनमा १ दिन आफ्नो स्वास्थ्यलाई समय दिनुस् तिजलाई  समय दिए भन्ने नारासहित संस्थाले महिलाहरुमा क्यान्सरको जनचेतना मुलक कार्यक्रम र स्वास्थ्य शिविर अभियान सोमबारबाट सुरु गरेको संस्थाका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठले बताए ।

शिविर देशका विभिन्न जिल्लामा संचालन हुने श्रेष्ठले जानकारी दिए  । कार्यक्रम अन्तर्गत शनिवार कालिमाटीको माथेमा समाजमा शिविर राखिएको छ  । शिविरमा नेपालका क्यान्सर विशेषज्ञ सहित स्वास्थ्यकर्मी रहेका छन् । शिविर गर्ने चिकित्सकको टोलीमा भतmपुर क्यान्सर अस्पतालका विशेषज्ञ डा। आरती शाह ,डा। रोशन प्रजापति, डा।एलिजा श्रेष्ठ, डा।कमल सोती, डा।राकेश पाठक, डा।उत्सव श्रेष्ठ लगायत रहेका छन् । 

शिविरमा भतmपुर क्यान्सर अस्पतालका गाइनोकोलोजिस्ट युनिट, इएनटी युनिट, मेडीकल युनिट, सर्जिकल युनिटका सम्पूर्ण डाक्टरहरु सहभागी रहनेछन् । शिविरमा आएर निःशुल्क परीक्षण गराई फाइदा उठाउन श्रेष्ठले सबैलाई  आग्रह गरेका छन् । शिविर सञ्चालन गर्न विभिन्न क्लवहरुले सहयोग गरेको श्रेष्ठले बताए ।
 

Last modified on 2018-09-10 16:49:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts