यसकारण हुन्छ मिर्गौलामा पत्थरी



Download our app to get more features

पत्थरी के कारणले हुन्छ भन्ने निश्चित कारण छैन । तर, हाइप्रोटिनयुक्त खाना खाने, पानी कम खाने, मोटोपना भएका मानिसमा बढी सल्ड्रि डाइट खाने मनिसमा पत्थरीको सम्भावना बढी हुन्छ ।
 पत्थरी हुनुको एक मुख्य कारण वंशाणुगत गुण पनि हो । युरिक एसिडका कारण पनि मिर्गौलाको पत्थरी हुनसक्छ । यस्तो पत्थरीमा १० प्रतिशत युरिक एसीडको ढुंगा, बाँकी क्याल्सियाका ढुंगा हुन्छ । महिलामा भन्दा पुरुषमा धेरै पत्थरी हुने गर्छ ३ जना पुरुषलाई पत्थरी भयो भने एक जना महिलालाई यो समस्या हुन्छ । 

लक्षण 

  • पत्थरी हुने मानिसमा कोख दुख्ने । 
  • कहिलेकही पिसाबमा रगत आउने ।
  • अल्ट्रासाउन्डबाट कोही व्यक्तिमा पत्थरी देखिन्छ तर केहीमा नदेखिन पनि सक्छ । 

पत्ता लगाउने तरीका 

  • सबै भन्दा पहिले पत्थरीको संका लागेमा अल्ट्रासाउण्ड गर्ने । 
  • सिटीस्क्यान गर्ने जसबाट पत्ता पत्थरीको स्पष्ट जानकारी हुन्छ । 

मिर्गाैलाको पत्थरीले के के  असर गर्छ ?

  • मिर्गौला नै खराब गर्न सक्छ ।
  • पिसाबमा बारम्बार इन्फेक्सन हुनसक्छ ।
  • कहिलेकही पिसाब इन्फेक्सन भयो भनेर इन्फेक्सनको औषधि खाइन्छ तर पत्थरीका कारण पनि इन्फेक्सन हुन सक्छ ।

उपचार 
प्रविधिको विकाससँगै पत्थरी उपचार पक्रियामा धेरै परिवर्तन भएको छ । ५ एमएम भन्दा सानो पत्थरी भएमा पानीबाटै पनि जान सक्छ । एक्सट्रा कर्पोरल सक वेभ लिथोग्राफीका बिरामीलाई बेहोस नपारी पनि उपचार गरिन्छ । मिर्गौलाको नलीमा ढुंगा अड्किएको खण्डमा यूरेटर टु रिमुभ अ स्टोन (यूआरएस) गर्ने  गरिन्छ । यस्तै पिसीएनएल अर्को चलेको ड्रिल गरेर पत्थर निकाल्ने प्रविधि पनि छ । आरआइआरएकमार्फत पनि मिर्गौलाको कुनाकाप्चामा पुगेर ढुंगा फुटाउने प्रविधि छ । यो अलि महंगो छ । 

सुझाव 

  • नेपालमा पुरुषलाई केही भए तुरुन्त उपचार गर्ने चलन छ । तर, महिलामा ढिला उपचार गर्ने चलन छ । जसले गर्दा महिलामा भएको मिर्गाैलाको पत्थरीका कारण मिगौला नै खाराब हुने अवस्था छ ।  मिर्गाैला बिग्रिएपछि मात्र उपचारमा आउने भएकाले मिर्गाैला नै फ्याल्नु पर्ने भएकाले समयमा नै उपचार गरौ ।
  • यदि परिवारका सदस्यमा पत्थरी छ, पत्थरी हुने सम्भावना भएमा तुरुन्त डाक्टरसँग परामर्श गर्नु राम्रो हुन्छ । 
Last modified on 2018-09-12 12:24:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts