हरितालिका तीज

पशुपतिनाथ परिसरमा १७ वटा स्वास्थ्य शिविर 



Download our app to get more features

काठमाण्डौ, २७ भदौ । हरितालिका तीजको दिन पूजा आरधना गर्न पवित्र पाशुपत क्षेत्रमा पुग्ने भक्तजन लाई लक्षित गरि यो वर्ष १७ वटा स्वास्थ्य शिविर आयोजना गरिएको छ । 

पशुपति क्षेत्र विकास कोषका अनुसार १७ वटा संस्थालाई स्वास्थ्य शिविर गर्न अनुमति दिइएको छ । विशेषगरी तीजका दिन व्रतालु महिलाहरुलाई धपेडी र भोको पेटले गर्दा आकस्मिक समस्या आएमा उपचार गर्नका लागि स्वास्थ्य शिविर राखिएको छ । शिविर आयोजना गर्नेमा अधिकांश गैरसरकारी संस्था, समूह तथा निजी अस्पतालहरुले राखेका छन् । सामान्य बेहोस हुने, कमजोरी हुने जस्ता समस्या बढि देखिएको शिविर आयोजकहरुले बताएका छन् । 

Last modified on 2018-09-12 20:43:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts