बंगलामुखीमा निदान हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर 



Download our app to get more features

काठमाडौं, २७ भदौ । हरितालिका तीजका अवसरमा निदान हस्पिटलले बंगलामुखी मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । शिविरमा तीन सय भन्दा बढीले स्वास्थ्य परीक्षण गराएको आयोजकले जनाएको छ । 

शिविरमा ८ जना चिकित्सक तथा पारामेडिक्सको टिमले बिहानैदेखि सेवा दिइरहेका छन् । शिविरमा विशेषगरी मधुमेहको परीक्षण भएको अयोजकको भनाइ छ । शिविरका सहभागीलाई अस्पतालले निःशुल्क औषधि वितरण पनि गरेको थियो । मन्दिर दर्शन गर्न आएका करिब एक दर्जन दर्शनार्थीहरु बेहोश भएको थिए । उनीहरुलाई शिविरका स्वास्थ्यकर्मीले प्रारम्भिक उपचार गरी अस्पताल पठाइएका छन् । बिरामीहरुको अस्पतालले निःशुल्क उपचार गर्ने जनाइएको छ ।   

Last modified on 2018-09-12 16:22:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts