अत्याधुनिक सिटी स्क्यान सेवा अब राष्ट्रिय प्रत्यारोपण केन्द्रमै 



Download our app to get more features

काठमाडौं, २८ भदौ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले अत्याधुनिक २५६ स्लाइस सिटी स्क्यान सेवा सञ्चालनमा ल्याएको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बुधबार सो  सिटी स्क्यान सेवाको उद्घाटन गरेका हुन् ।

सो सेवा उद्घाटनको क्रममा उनले नेपालीलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउन सरकारले सो स्वास्थ्य सेवा सुरु गरेको बताए । प्रत्यारोपण केन्द्रले सो सेवा आजदेखि सर्वसाधारणको लागि खुला गरेको छ ।
केन्द्रमार्फत उपलब्ध हुने सिटी स्क्यान  सेवा अन्य अस्पतालको तुलनामा सस्तो हुने जनाइएको छ । कार्यक्रममा मन्त्री यादवले सरकारको नीति अनुसार केन्द्रले प्रत्यारोपण सेवासँगै उपचारका अन्य अत्याधुनिक प्रविधि भित्र्याइ रहेकोमा खुशी व्यक्त गरे । यादबले भने ‘ अब यस्ता सेवा ग्रामीण भेगसम्म पनि पुग्नुपर्छ । सेवा पाउनु पर्ने ८० प्रतिशत नागरिक गाउँमा बस्छन् । तर, ८० प्रतिशत चिकित्सक शहरमा छन् ।’ 

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले केन्द्रमा डायलाइसिस र प्रत्यारोपणका लागि आउने बिरामीका लागि शय्या अभावका कारण सेवा बिस्तार गर्न नसकेको बताए । केन्द्रले एक सय शय्यामार्फत मिर्गौला प्रत्यारोपण, डायलाइसिस, कलेजो प्रत्यारोपण, मुटुरोग उपचारलगायत विभिन्न शल्यक्रियासहित ओपिडी सेवा सञ्चालन गरिरहेको छ । डा. श्रेष्ठले बिरामीको चाप अनुसार कम्तीमा दुई सय शय्याको अस्पताल हुन आवश्यक रहेको बताए । बिरामीको चापलाई मध्यनजर गरेर सरकारले सेवा विस्तारका लागि जग्गा उपलब्ध गराउन पर्ने डा. श्रेष्ठको भनाइ छ । 

केन्द्रको स्थापनाको पाँच वर्षको छोटो समयमा ५ सय भन्दा बढीको मिर्गौला प्रत्यारोपण गरिसकेको छ भने नेपालमा पहिलो पटक कलेजो ३ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ ।


 

Last modified on 2018-09-13 18:19:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts