नवजात शिशु उपचार सुविधा: सरकारले तोकेको भन्दा १८ गुणा बढी खर्च



Download our app to get more features

काठमाडौ २९ भदौ । सरकारले नवजात शिशु उपचारमा जनता झुक्याउने काम गरेको पाइएको छ । निर्देशिका मार्फत पूर्ण निशुल्क स्वास्थ्य उपचार भनेर उल्लेख गरेपनि सोही निर्देशिकाले प्याकेज तय गरेको छ । उक्त प्याकेजहरुमा जम्मा ८ हजार सम्म मात्रै प्राप्त गर्न मिल्ने छ उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार स्वास्थ्य महाशाखाले तयार पारेको आमा तथा नवजात शिशु कार्यक्रम कार्यविधि निर्देशिका, २०६५ तेस्रो संशोधन २०७३ ले नवजात शिशुको उपचार पूर्ण निशुल्क भनेको छ । तर, सोही निर्देशिकाले पुर्ण निशुल्क उपचार भनेको विषयलाई प्याकेजमा लगेर उपचार शुल्क निर्धारण गरेको पाइए पछि विवाद सुरु भएको छ ।

नवजात शिशु अस्पतालमा उपचाररत रहँदा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्देशिकाले प्रस्टरुपमा उल्लेख गरेको छ । तर, सेवा प्रदायक स्वास्थ्य सस्था अस्पतालले प्राप्त गर्ने सुविधाको बुँदा नम्बर ३३ ले भने प्याकेज तय गरेको छ जुन विवादीत छ । ८ हजार भन्दा बढी खर्च भएमा सबै रकम बिरामीका आफन्तले तिर्नुपर्ने कान्तिबाल अस्पतालका निर्देशक डा. गणेश राईले बताए । 'सरकारले नवजात शिशुको स्वास्थ्य उपचार पूर्ण निशुल्क भनेको छ' उनले भने, तर, 'पूर्ण निशुल्क भनेको कार्यक्रम प्याकेज बनाएर ८ हजार मात्रै तोक्नु गंभिर गल्ति हो।' नवजात शिशु स्वास्थ्य उपचारमा १ लाख ४५ हजार सम्म खर्च लाग्ने गरेको छ । 

यस्तो छ सेवा सुविधा
नवजात शिशुको उपचारको लागि ओ, ए, बी र सी गरी चार वटा प्याकेज तय गरिएको छ । प्रत्येक प्याकेजमा प्रदान गर्नुपर्ने निश्चित सेवा तथा उक्त सेवा प्रदान गरे बापत प्राप्त गर्न सकिने ईकाई मुल्य अनुसूची ४ मा तोकिएको छ । 

भनिएको छ, निश्चित तहको अस्पतालले तोकिएको प्याकेज सेवा मात्र प्रदान गर्न सक्ने छ । तोकीएको प्याकेजका आधारमा नवजात शिशुले सेवा पाउनेछन् । 

अस्पतालहरुले प्याकेज ए अन्तर्गतको सेवा प्रदान गरेबापत सो बमोजिम प्राप्त हुने इकाई मुल्य रु १ हजार प्राप्त गर्ने छ ।

प्याकेज ए र प्याकेज बी संगै प्रदान गर्नु परेको खण्डमा बीको २ हजार गरी तीन हजार प्राप्त गर्न छ । 

आईसियू सेवा उपलब्ध गराउने अस्पताल परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, कान्ति बाल अस्पतालमा प्याकेज ए बी र सी मध्ये प्याकेज ए संगै प्याकेज बी र प्याकेज सी का सेवाहरु प्रदान गर्न सकिने छ । अस्पतालले तीन वटै प्याकेजका सेवा दिएको खण्डमा प्याकेज सीको ५ हजार गरी जम्मा ८ हजार प्रदान गर्न सक्ने छ । 

ए बी र सी तीनवटै प्याकेजको सेवा दिएमा प्याकेज ए बापत १ हजार बी बापतल २ हजार र सी बापत ५ हजार गरी जम्मा ८ हजार मात्र प्रदान गर्ने छ । सरकारले तय गरेको निःशुल्क उपचार दावी गर्न कम्तिमा २ दिन अस्पतालमा भर्ना भएको हुनु पर्छ । भर्ना नगरिएको खण्डमा कुनै किसिमको इकाई दावी गर्न नपाउने पनि निर्देशिकामा उल्लेख गरिएको छ ।

Last modified on 2018-09-15 06:06:30

1 Comments

  1. सरकारले तय गरेको निःशुल्क उपचार दावी गर्न कम्तिमा २ दिन अस्पतालमा भर्ना भएको हुनु पर्छ भन्ने होइन १ दिन हो, कार्यक्रम बारे परिवार स्वास्थ्य संग नि कार्यक्रम बुझेर समाचार बनाउदा स्पस्ट हुन्थ्यो, यहाँ कतिपय कुरा निर्देशिका को मर्म बिपरित आएको छ... पत्रकार महोदय लाई कार्यक्रम बुझ्न आग्रह गर्दछु.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts