ब्रेन ट्यूमरका बारे थाहा पाउनैपर्ने तथ्यहरु...



Download our app to get more features

ट्यूमर के लाई भनिन्छ  र ब्रेन टयूमर भनेको के हो ?
सामान्यतया  ट्यूमर भन्नाले शरीरमा भएका कोष कोषिकाको अनियन्त्रित वृद्धि हुनु हो । मानिसको शरीरमा जहाँकही कोषिकाहरु हुन्छन् । कुनै कोषिकाको अनियन्त्रित वृद्धि भई टयूमर हुन सक्छ । त्यस्तै ब्रेन अर्थात मश्तिष्कको कोषिका हरुको अनियन्त्रित बृद्धिलाई ब्रेन टयूमर भन्ने गरिन्छ । 

कारण
ब्रेन ट्यूमर हुनुको कारण यकिनका साथ अझै पनि भन्न सकिँदैन तर अहिले सम्मका अनुसन्धानहरु ले देखाए अनुसार आयोनाइजिङ्ग रेडियसन तथा वशांणुगत कारणहरुले ब्रेन टयूमर हुनसक्छ । रेडियसनले ब्रेन टयूमर हुन्छ भन्दैमा २–४ पटक  एक्सरे अथवा सिटीस्क्यान गर्दैमा ब्रेन ट्यूमर हुन्छ भन्ने चाहिँ होइन । रेडियसनको डोज धेरै भएमा हुने सम्भावना हुन्छ ।

टयूमर कस्तो कस्तो किसिमको हुन्छ ?
मश्तिष्कमा विभिन्न किसिमका कोषिकाहरु हुन्छन् । जसमध्ये स्नायू अर्थात न्यूरोन पनि एक हो । विभिन्न कोषिका भएको कारणले ब्रेन टयूमर पनि विभिन्न किसिमका हुन्छन । सामान्यतया ब्रेन अथवा मष्तिस्कका कोषिकाहरुबाट नै हुने ट्यूमरलाई प्राइमरी ब्रेन ट्यूमर भनिन्छ । त्यस्तै शरीरको अन्यत्र भागमा ट्यूमर भई मश्तिष्कमा पुगेमा त्यस्ता किसिमका ट्यूमरलाई सेकेण्डरी अथवा मेटास्टाटिक ट्यूमर भनिन्छ । अर्कोमा प्राइमरी अथवा सेकेण्डरी ब्रेन ट्यूमर ढिलो बढ्ने अर्थात बेनाइन वा छिटो बढ्ने र फैलने अर्थात म्यालिग्नेन्ट हुन सक्छ ।

मश्तिष्कका कोषिकाबाट आउने ट्यूमरहरु विभिन्न किसिमका हुन्छन् ।

जस्तै, एस्ट्रोसाइटोमा, ओलिगोडेन्ट्रोग्लायोमा, ग्लायोब्लास्टामा, मेनिन्जियोमा, इपेन्डाईमोमा,मेडुलोब्लास्टोमा आदि छन् ।

विश्व स्वास्थ्य संगठन ले हालै ब्रेन ट्यूमरलाई नयाँ किसिमले विभाजन गरेको छ । २०१६ को यो नयाँ विभाजनले ब्रन ट्यूमरको उपचार तथा रोगको पूर्वानुमानमा ठुलो परिवर्तन ल्याएको छ ।

जाँच्ने तरीका 
ब्रेन टयूमरको जाँच गर्ने विभिन्न तरिकाहरु छन् ।
सबैभन्दा पहिले डाक्टरद्वारा नै उसको कांैशल प्रयोग गरेर बिरामी जाँच गरेर ट्यूमर हुनसक्ने सम्भावना छ वा छैन भनेर अरु थप जाँच गर्न सल्लाह दिइन्छ । त्यसपश्चात थप जाँचमा टाउकोको सिटिस्क्यान तथा एमआरआई गर्ने ।
अरु ठाउँबाट फैलिएको छ भने पेटस्क्यान गर्ने 
सिटिस्क्यान पनि २ किसिमका हुन्छन् । एउटा औषधिको प्रयोगबाट गरिन्छ भने अर्को औषधि नदिई पनि गरिन्छ ।

लक्षण 
ब्रेन ट्यूमरका लक्षण, टयूमरको किसिम, आकार र ट्यूमर पलाएको स्थानमा भर पर्छ 
टाउको दुख्ने हुन्छ । धेरै किसिमको टाउको दुखाइ हुन्छ सबै ब्रेन ट्यूमरका कारण दुख्ने भने होइन ।
लामोसमय देखिको दुखाई हुन्छ ।
बेहोस हुने हुन्छ ।
कसैकसै लाई उल्टी हुने हुन्छ ।
पक्षघात भएर शरीरको एक पाखा नचल्ने पनि  हुनसक्छ ।
छारे रोग जस्तो शरीर काँप्ने समस्या हुन्छ  ।

उपचार 
ब्रेन टयूमरको उपचार डाक्टरद्वारा टयूमरको किसिम ,आकार तथा बिरामीको स्वास्थ्य अवस्था हेरेर निणर्य गरिन्छ ।                       
ट्यूमरको किसिम पत्ता लगाएर प्याथोलोजिकल जाँच गर्ने ।
अप्रेसन बिना उपचार गर्ने ।
ट्यूमरले गरेको असरलाई औषधिको माध्यमबाट कम गर्ने ।
ट्यूमरको अप्रेसन गर्नका लागि कुन किसमको ट्यूमर हो पता लगाएर उपचार गर्ने ।
ट्यूमरको अप्रेसनपश्चात थप उपचार रेडियोथेरापी, किमोथेरापी चाहिने या नचाहिने निक्र्योल गरिन्छ । 
    
 

Last modified on 2018-09-15 11:23:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts