सप्तरीको कञ्चनरुपमा स्वाइन फ्लुको प्रकोप 

विपत् क्षेत्र घोषणा, तीन दिनका लागि विद्यालय बन्द



Download our app to get more features

सप्तरी, २९ भदौ । कञ्चनरुप नगरपालिका क्षेत्रमा स्वाइन फ्लू र हङकङ फ्लुको प्रकोप फैलिएपछि शुक्रबारदेखि विपत् क्षेत्र घोषणा गरिएको छ । 

नगर कार्यपालिकाको बिहीबार आकस्मिक रुपमा सकेको बैठकले प्रकोप नियन्त्रणमा नआइन्जेल नगर क्षेत्रलाई विपत् क्षेत्र घोषणा गर्ने निर्णय गरेको नगर प्रमुख बसन्त मिश्रले जनाएका छन् । तीन सातादेखि कञ्चनरुप नगर क्षेत्रमा फैलिएको स्वाइन फ्लू र हङकङ फ्लूका कारण हालसम्म तीन बालकसहित चार जनाको मृत्यु भइसकेको जनाइएको छ । स्वाइन फ्लूका कारण १७ सय भन्दा बढी बिरामी भएको जनाइएको छ। भारतको झारखण्डस्थित बाबाधामबाट तिर्थयात्रा गरेर फर्केकाहरुबाट फ्लू सरेको हुनसक्ने विज्ञहरुको आसंका छ । 

ज्वरो आउने, खोकी लागेर सुरुमा तीन बालबालिकाको मृत्यु भएको र पछि एक वृद्ध महिलाको समेत सोही लक्षणले मृत्यु भएपछि स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा महामारी रोग नियन्त्रण शाखाको टोलीले बिरामी मध्ये १० जनाको र्‍याल परिक्षणका लागि केन्द्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाएको थियो। परिक्षणका क्रममा केही नमुनामा स्वाइन फ्लूको जिवााणु फेला परेपछि कञ्चनरुप नगरपालिका क्षेत्रका उच्च सर्तकता अपनाउँदै विपत् क्षेत्र घोषणा गरिएको हो।

Last modified on 2018-09-15 11:19:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts