डा. श्रेष्ठको टोलीले पहिलोपटक गर्यो मुटुको धमनी च्यातिएको शल्यक्रिया 

What's This?


Download our app to get more features

काठमाडौं, ३१ भदौ । भास्कुलर तथा कार्डियो भास्कुलर सर्जन डा. उत्तमकृष्ण श्रेष्ठ नेतृत्वको टोलीले मुटुको च्यातिएको एओर्टा भन्ने धमनीको सफल शल्यक्रिया गरेको छ । 
डेढ महिना अघि चितवनमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका २९ वर्षीय युवकको दुर्घटनाका क्रममा एओर्टा धमनी च्यातिएको थियो । उनलाई  होलिकोप्टरमार्फत धापासीस्थित ग्राण्डी अस्पताल ल्याइएको थियो ।  ग्राण्डी अस्पतालले यस्तो प्रकारको जटिल शल्यक्रिया नेपालमै पहिलोपटक गरेको दावी गरेको छ । उक्त दुर्घटनामा युवकको मुटुको मुख्य धमनी च्यातिएको थियो । शरीरमा रगत आपुर्ति गर्ने मुटुबाट ठुलो नली निस्किएको हुन्छ, त्यसलाई मुख्य धमनी अर्थात एओर्टा भनिन्छ । 

शल्यक्रियापछि अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा डा. श्रेष्ठले पहिलोपटक दुर्लभ शल्यक्रिया गरेको दावी गरे । डा. श्रेष्ठले बिरामी हाल डिस्चार्ज भई आराम गरिरहेको जानकारी दिए । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरका निर्देशक समेत रहेका श्रेष्ठ दुई दशक भन्दा बढी अवधिदेखि कार्डियो भास्कुलर सर्जनका रुपमा कार्यरत छन् । 

पश्चिमा मुलुकको आंकडा अनुसार एओर्टा च्यातिएपछि ८५ प्रतिशतको घटनास्थलमै मृत्यु हुन्छ । बाँकी १५ प्रतिशत बिरामी सुविधासम्पन्न अस्पताल पुगेका ७०–८० प्रतिशत बाच्ने सम्भावना हुन्छ । तर, नेपालमा भने एओर्टा च्याएिर पनि बिरामी बाचेको यो पहिलो घटना भएको अस्पतालको दावी छ । 

डा. उत्तमकृष्ण श्रेष्ठले पनि २० वर्षेदेखिको भस्कुलार सर्जरी अरिअरमा यो नै पहिलो एओर्टा च्यातिएर पनि बिरामी बाच्न सफल भएको जनाए । ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले नयाँ नयाँ  प्रविधिहरु र दक्ष चिकित्सकको टीम भएकोले शल्यक्रिया सफल भएको बताए । जटिल शल्यक्रिया पनि नेपालमै हुने भन्दै उनले विदेश जाने वाध्यता नरहेको जिकिर गरे । 

Last modified on 2018-09-16 15:44:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts