सांसदहरुको मागः सप्तरीमा तत्काल स्वाइनफ्लू नियन्त्रण गराऊ



Download our app to get more features

काठमाण्डौ, ३१ भदौ । प्रतिनिधिसभाका सांसदहरुले सप्तरीमा फैलिएको स्वाईन फ्लूको महामारी नियन्त्रणका लागि चिकित्सकहरुको विशेष टोली परिचालन गर्न सरकारसँग माग गरेका छन । 

प्रतिनिधिसभाको आईतबार बसेको बैठकको शुन्य समयमा बोल्दै सांसद तेजुलाल चौंधरी र नमिताकुमारी चौंधरीले सप्तरीको विभिन्न स्थानमा फैलिएको स्वाईन फ्लूको महामारी नियन्त्रणका लागि चिकित्सकको विशेष टोली परिचालन गर्न माग गरेका हुन् ।

सांसद तेजुलाल चौधरीले स्वाईन फ्लूको महामारीबाट ४ जनाको ज्यान गईसक्दा पनि सरकारले सो रोगको प्रकोप नियन्त्रणमा चासो नदिएको भन्दै आक्रोश व्यक्त गरे ।

अर्की सांसद नमिताकुमारी चौंधरीले महामारी नियन्त्रणका लागि आवश्यक चिकित्सकसहितको टोली  तत्काल व्यवस्था गर्न सरकारसँग माग गरिन् ।
 

Last modified on 2018-09-17 06:10:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts