न्याम्स उपकुलपति चयन समिति खारेजीको माग



Download our app to get more features

काठमाडौं, ३१ भदौ । सरकारी चिकित्सक संघले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको उपकुलपति चयन गर्न गठन भएको छनौट समिति खारेज गर्न माग गरेको छ । समितिले वीर अस्पतालका वरिष्ठ, अनुभवी र क्षमतावान प्राध्यापकहरूलाई वदनियतपूर्ण ढंगबाट प्रारम्भिक चरणबाटै हटाएर केही निवेदकलाई मात्र छनौट गरिएको र वरिष्ठता योग्यता र क्षमतावान उम्मेदवारलाई निरुत्साहित गरेको भन्दै संघले समितिको निर्णय र समिति नै खारेजको माग गरेको हो । 

२७ साउन ०७५ र २९ साउन ०७५ मा प्रकाशित विज्ञापन अनुसार न्याम्स उपकुलपतिका लागि वीर अस्पतालबाट १६ र बाहिरबाट ६ जना गरी २२ जनाले निवेदन दिएका थिए । समिति खारेजीको माग गर्दै संघले २९ भदौ ०७५ मा स्वास्थ्य मन्त्रालय परिसरमा पत्रकार सम्मेलन र धर्ना पनि दिएको थियो । सरकारी चिकित्सक संघ नेपालले समितिको निर्णयका विषयमा उप–प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री र मन्त्रालयका उच्च पदस्थ अधिकारीलाई समेत ज्ञापन पत्र बुझाएको थियो ।

साथै सोही दिन सरकारी चिकित्सक संघ, फ्याकल्टि डाक्टर एशोसिएसन लगायत सरोकारवालाहरूको टोलीले स्वास्थ्यमन्त्रीसँग भेट गरी विषयवस्तु बारे विस्तृत जानकारी गराएको संघले जनाएको छ । तर, त्यसपछि पनि छनौट समितिको निर्णय खारेज नगरेकोप्रति सरकारी चिकित्सक संघले भत्र्सना गरेको छ । 

वीरकै चिकित्सक उपकुलपति नियुक्ति नभए नमान्ने
सरकारी चिकित्सक संघ, वीर अस्पताल इकाईले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल भन्दा बाहिरको व्यक्ति उपकुलपतिमा नियुक्ति भए नमान्ने निश्कर्ष निकालेको छ । साथै, पटक पटकको माग सुनुवाई नभएमा कडा भन्दा कडा कदम चाल्ने चिकित्सक संघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । संघले प्रतिष्ठानमा प्रध्यापन गरिरहेका सम्पूर्ण प्राध्यापक एवं चिकित्सकहरूले लिदै आएको सम्पूर्ण जिम्मेवारीबाट समेत बाहिरिने चेतावनी दिएका छन् । 
 

Last modified on 2018-09-17 06:10:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts