पार्किन्सन्स रोग लागेका मदनकृष्ण श्रेष्ठको दोश्रो शल्यक्रिया सम्पन्न



Download our app to get more features

काठमाडौं, १ असोज ।  पार्किन्सन्स रोगबाट ग्रसित वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको दोस्रो पटक शल्यक्रिया भएको छ । माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्त लगायतको टोलीले श्रेष्ठको शल्यक्रिया गरेको हो । उनको दाँया जीपीआई (ग्लोबस पल्लिडस भन्ने मस्तिष्कको एक भागमा डीप ब्रेन इस्टिमुलेशन नामक शल्यक्रिया गरिएको हो । 

कलाकार श्रेष्ठमा ९ वर्षदेखि पार्किन्सन्स रोगको लक्षण देखा परेको र ४ वर्ष अगाडी उनको दाहिने पाखोमा बढी लक्षण भएको हुनाले देब्रे पट्टी लेफ्ट जिपिआई डिबिएस नामक शल्यक्रिया गरिएको थियो । जुन शल्यक्रिया अन्नपूर्ण न्यूरो अस्पतालमा पहिलो पटक श्रेष्ठबाटै सुरु गरिएको थियो । 

शल्यक्रिया पछि श्रेष्ठको अवस्था राम्रो भएकोमा हालसालै देब्रे पट्टी पनि समस्या देखिन थालेकोले नयाँ तार नयाँ ठाउँमा पुनः राखी पुरानै पेसमेकरमा जडान गरिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 
शल्यक्रिया पश्चात श्रेष्ठको स्वास्थ्यमा सुधार आएको बताइएको छ
 

Last modified on 2018-09-18 07:32:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts