संविधान दिवसमा स्वास्थ्य क्षेत्रका ३३ जना विभूषित, चिकित्सकदेखि औषधि उत्पादकसम्म परे



Download our app to get more features

काठमाडौं, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५ सय १८ जना व्यक्तिलाई विभिन्न मानपदवी, अलंकार र पदक प्रदान गरेकी छन् । सो विभुषण पाउनेमा ३० भदा बढी चिकित्सक, औषधि उत्पादक र नर्स पनि समावेश छन् ।

राष्टपति कार्यालयका अनुसार नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम संविधान दिवस, ०७५ को अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा समाजमा उल्लेखनिय योगदान पुर्‍याएका व्यक्तित्वलाई सो विभुषण प्रदान गरिएको हो । सरकारले सार्वजनिक गरेको सूची अनुसार सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी), प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी), जनसेवा श्री (पञ्चम श्रेणी), अति पौरख भाष्कर, परम पौरख भाष्कर, नेपाल प्रताप आभूषण अदि पदकबाट चिकित्सक, औषधि  उत्पादक र नर्स सम्मानित भएका हुन्। 

यी हुन् सुप्रबल जनसेवा श्री पाउने चिकित्सक
प्राडा गणेश बहादुर गुरुङ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, प्राडा राजेन्द्रप्रसाद कोजु, धुलिखेल अस्पताल, डा. आशा सिंह नेपाल प्रहरी अस्पताल, डा. दुर्गालक्ष्मी श्रेष्ठ, भेरी अञ्चल अस्पताल, डा. गणेश कुमार राई, कान्ति बाल अस्पताल, डा. हरिहर वस्ती, त्रिवी शिक्षण अस्पताल, डा. धर्मकान्त बास्कोटा, मेडिकल काउन्सिल, डा. प्रताप नारायण प्रसाद ,महाराजगञ्ज मेडिकल क्याम्पस, डा. ओममूर्ति अनिल, मुटुरोग विशेषज्ञ, डा. रामप्रसाद पोखरेल, आँखारोग विशेषज्ञ, प्राडा पशुपति चौधरी, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, डा. गीता गुरुङ, त्रिवी शिक्षण अस्पताल, हरि भक्त शर्मा, देउराली जनता फर्मास्यूटिकल्स, डा. सुशिलबाहादुर राहुल प्राविधि सेनानी विरेन्द्र अस्पताल

प्रबल जनसेवा श्री पाउने चिकित्सकहरू
डा. रोशन न्यौपाने, जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दी, डा.सगुन जोशी, आँखा रोग विशेषज्ञ, त्रिवि शिक्षण अस्पताल, डा. फणिन्द्रप्रसाद बराल जिल्ला अस्पताल, धनकुटा, डा. दिलीप शर्मा, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, प्राडा भूपेन्द्र कुमार बस्नेत, निर्देशक वीर अस्पताल, डा. निलिजा शाक्य, मन्थली प्राथमिक स्वास्थ्य केन्द्र , रामेछाप, डा. नागेन्द्र प्रसाद यादव, अनुसन्धानविद,  डा. पवनकुमार कर्ण कायस्थ, मोरङ, डा. दिपक श्रेष्ठ, काठमाडौ‌, डा. राम थापा क्षेत्री, राष्ट्रिय पुननिर्माण प्राधिकरण, धादिङ, डा मल्लिका रायमाझी, विरेन्द्र अस्पताल, डा. दृष्टि राज्यलक्ष्मी शाह, विरेन्द्र अस्पताल, डा. प्रविण नेपाल, नेपाल  एपिएफ अस्पताल, रविन्द्र प्रसाद लामिछाने, त्रिवि शिक्षण अस्पताल

जनसेवा श्री पाउने नर्स
राधा पौडेल, अस्पताल नर्सिङ निरीक्षिक, दाङ 

अति पौरख भाष्कर पाउने चिकित्सक
डा. मुन थापा, विरेन्द्र अस्पताल

परम पौरख भाष्कर पाउने व्यक्तित्व
डा. गोपाल महर्जन, विरेन्द्र अस्पताल

नेपाल प्रताप आभुषण पाउने व्यक्तित्व
नमिता पुजारी ,नेपाल एपिएफ अस्पताल

प्राकृतिक प्रकोप पीडितोद्धोर पदक
डा. सुमना थापा, फिल्ड अस्पताल, इटहरी 

Last modified on 2018-09-19 16:59:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts