कालो जिब्रो अपशकुनको संकेत होइन, गम्भीर रोगको लक्षण हुनसक्छ



Download our app to get more features

ऐजेन्सी/  जिब्रो कालो हुनेले बोलेको नराम्रो कुरा पुरा हुन्छ भनेर अझै पनि हाम्रो समाजमा त्यस्ता व्यक्तिलाई दुव्र्यवहार गर्ने गलत परिपाटी छ । त्यस्ता व्यक्तिलाई अलच्छिना, अभागी भनेर तर्कने व्यक्तिहरु पनि भेटिन्छन् । तर, कालो जिब्रो हुनु कुनै अलिच्छन वा दुर्भाग्य होइन । यो त एक प्रकारको रोग वा रोगको लक्षण हो जुन उपचार गरे निको हुन्छ ।

जिब्रोमा कालो धब्बा देखिनु कुनैकुनै बेला गम्भीर रोगको लक्षण पनि हुन सक्छ । यसरी जिब्रोमा कालो धब्बा देखिनु क्यान्सर वा मधुमेहको लक्षण पनि हो । साथै कुनै बेला मुखमा फैलिएको ब्याक्टेरियाका कारण पनि जिब्रो कालो हुनसक्छ । तुलनात्मक रुपमा पुरुषमा यो समस्या धेरै देखिने गरेको छ । सुरुमा जिब्रोको केही भागमा सानो कालो धब्बा देखिए पनि बिस्तारै पुरै जिब्रो कालो हुदैजान्छ । विश्वका करिब .०६ प्रतिशत व्यक्तिमा यस्तो समस्या रहेको विभिन्न अध्ययनहरूले देखाएको छ । 

जिब्रोमा सामान्य पहेँलो धब्बा देखिनासाथै सतर्क हुन चिकित्सकहरूको सुझाब छ । यस्तो देखिनासाथै चिकित्सकसँग परामर्श लिएमा समस्या नपर्ने उनीहरूको भनाइ छ । साथै दाँत माझँे जस्तै गरी जिब्रोको पनि दैनिक सफाइ गर्नुपर्ने चिकित्सकहरु बताउँछन ।  ता की जिब्रोमा कुनै पनि धब्बा बस्नै नपाओस् । सुरुमै ध्यान दियो भने यो समस्या बढ्न पाउँदैन । यसको कुनै स्पष्ट उपचार विधि भने छैन । 

यसकारण हुन्छ जिब्रो कालो 
सूर्ती, चुरोट र धेरै कफी सेवन गर्ने व्यक्तिको जिब्रो कालो हुने सम्भावना उच्च हुन्छ । यस्ता व्यक्तिले हल्का तातो पानीले दैनिक जिब्रो सफा गरे समस्या न्यूनिकरण गर्न सकिन्छ । कुनै कुनै बेला औषधि सेवनका कारण पनि जिब्रो कालो हुने हुन्छ । यदि त्यस्तो हो भने सो औषधि खान तुरुन्त छोड्नुपर्छ । 
 

Last modified on 2018-09-21 07:39:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts