जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीको आरोपः हाकिमले कासमूका नाममा पैसाको लोभ देखाए



Download our app to get more features

काठमाण्डौ, ५ असोज । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बिहिबार दिउसो कर्मचारी र निर्देशक डा. हरिश चन्द्र उप्रेतीबीच कार्यालयको नियमित कार्यसम्पादनको विषयमा विवाद सिर्जना हुँदा कर्मचारीले हातपात गरेको भन्ने घटनाको त्यहाँका कर्मचारीले खण्डन गरेका छन् । 

डा. उप्रेतीको कार्यक्षमता नै कमजोर रहेको दावी गर्दै उनीहरुले कर्मचारीको जायज मागलाई बेवास्ता गरी हातपातको आरोप लगाएर भ्रम छरिएको जिकिर गरेका छन् । हाम्रो डक्टर न्यूजसँग कुरा गर्दै प्रयोगशालाका एकजना प्राविधिकले डा. उप्रेतीले कार्यसम्पादन मूल्याकंन प्रकृया रोकेर पैसा असुल गर्ने मनशाय राखेको दावी गरे । 'कार्यालयमा आएको २ महिना बितिसक्दा समेत कर्मचारीहरुको गत बर्षको कार्यसम्पादन मूल्यांकन अगाडी नबढाउने र करार म्याद समाप्त भएका कर्मचारीहरुको म्याद थप समेत समयमा नगर्ने र करार म्याद थप गर्दा समेत के कसरी हुन्छ पैसा असुल्ने आशय देखाएको पाइएको छ ।' उनले दावी गरे । 

डा. उप्रेतीले हालै पुराना कर्मचारीहरुको म्याद थपमा आनाकानी गर्ने गरेको तर, नयाँ कर्मचारी भर्ना गर्न भने उत्साहित हुने गरेको कर्मचारीको आरोप छ । उनीहरुले बिहिबार कर्मचारी र निर्देशकबीच सामान्य विवाद हुँदा कर्मचारीहरुले निर्देशक उप्रेतीलाई सच्चिन अनुरोध गरको तर, उनले भने कासमूमा बढी नम्बर मागेको भन्दै हातपात गरेको झुठो कुरा प्रचार गराएको आरोप लगाएका छन् । 

दुई महिनाअघि मात्र वीर अस्पतालबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सरुवा भई आएका डा. उप्रेतीसँग कर्मचारीहरुको गत आर्थिक बर्षको कार्यसम्पादन मूल्याकंनको बिषयमा सम्बन्ध नभएको कर्मचारीको दावी छ ।  
कार्यसम्पादन मूल्यांकनमा बढी नम्बर दिन दबाव दिँदा दवाव दिएको भन्दै प्रयोगशालाका कर्मचारीले निर्देशकलाई हातपात गरेको समाचार बाहिर आएसँगै कर्मचारीहरुले यस्तो बताएका हुन् । उनीहरुले प्रयोगशालाका कर्मचारीहरु एकतावद्ध रहेको पनि दावी गरेका छन् । 
 

Last modified on 2018-09-22 07:12:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts