एनएमसीले तोक्यो १० मेडिकल कलेजको सिट संख्या, जानकी मेडिकल र केडिया डेन्टलले पाएनन् सिट



Download our app to get more features

काठमाडौं, ७ असोज । नेपाल मेडिकल काउन्सिलले मेडिकल कलेजका लागि एमबीबीएस र बीडीएस तर्फको सिट संख्या निर्धारण गरेको छ ।

काउन्सिलले काठमाडौंँ विश्वविद्यालय अन्तर्गतका १० मेडिकल कलेजका लागि ८ सय ९० सिट संख्या निर्धारण गरेको छ भने त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ७ वटा मेडिकल कलेजका लागि ७ सय ६१ सिट निर्धारण गरेको छ । 

काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीका अनुसार विराट मेडिकल कलेजले एमबीबीएस तर्फ ७५, कलेज अफ मेडिकल साइन्सेज भरतपुरले एक सय र बीडीएसतर्फ गतवर्षको भन्दा ५ सिट कम ३५ सिट मात्र पाएको छ ।  

यस्तै, देवदह मेडिकल कलेज रुपन्देहीले एमबीबीएसमा ४०, कान्तिपुर डेन्टल कलेज काठमाडौले बीडीएसतर्फ ५०, सिनामंगलस्थित काठमाडाँै मेडिकल कलेजले एक सय, बीडीएस तर्फ ५०, काठमाडौँ युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेज धुलिखेलले एमबीएसका लागि ७५ र बीडीएसतर्फ ५० सिट पाएको छ । 

त्यसैगरी, लुम्बिनी मेडिकल कलेज पाल्पाले एकसय, मणिपाल मेडिकल कलेज पोखराले ७५, जोरपाटीस्थिति नेपाल मेडिकल कलेज (एनएमसी) ले एकसय र बीडीएसतर्फ ५०, नेपालगञ्ज मेडिकल कलेजले एमबीबीएसका लागि एक सय, विराटनगरस्थित नोबेल मेडिकल कलेजले गतवर्षको भन्दा १० सिट कम ९० सिट र बीडीएसतर्फ ५ सिट कम अर्थात् ३० सिट पाएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले ७५, नेसनल मेडिकल कलेज वीरगन्ज, युनिभर्सल मेडिकल कलेज भैरहवा, नेपाली सेना मेडिकल कलेज र चितवन मेडिकल कलेज प्रत्येकले एक÷एकसय सिट पाएका छन् । यस्तै, किस्ट मेडिकल कलेजले ९०, गण्डकी मेडिकल कलेजले ९५ सिट पाएका छन् । यो वर्ष पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ६५ सिट पाएको छ भने धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एकसय सिट पाएको छ । काउन्सिलका प्रवक्ता डा. अधिकारीले काउन्सिल तथा विश्वविद्यालयले गरेको अनुगमनबाट सिट संख्या निर्धारण गरिएको जानकारी दिए ।
 

Last modified on 2018-09-24 06:10:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts