काठमाण्डौं: निजि अस्पतालमा विद्युत सेवा नहुँदा विरामीले उपचार पाएनन् ।

What's This?


Download our app to get more features

फाल्गुन २१, काठमाण्डौं ।  नेपाल विद्युत प्राधिकरणले वितरण गर्दै आएको डेडिकेटेड फिडर विद्युत सेवा गत फागुन ११ गतेबाट कटौती गरेपछि निजि अस्पतालहरु मर्कामा परेका छन् ।

नियम अनुसार नै विगत २०६५ माघ १ गतेदेखिनै विशेष विद्युत सेवा डेडिकेटेड फिडर मार्फत निजि स्वास्थ्य संस्थाले पाउँदैै आएका थिए । सरकारी निर्णय भएपनि त्यसका लागी आवश्यक पर्ने सबै सामानहरुको मुल्य आफैले खर्चेर नेपाल सरकारको नीति अनुसार विद्युतको उपयोग गर्दै आएको  ओम अस्पतालका डाइरेक्टर हरिस जोशिले भने ।

जोशिका अनुसार विद्युत प्राधिकरणले वि.श. २०७२ साल फाल्गुन ५ गते गोरखापत्रमा पहिलोपटक सार्वजनीक सुचना निकाली उर्जा संकटको कारण देखाउदै फिडरबाट आएको सबै लाईन काट्ने निर्णय गरेको थियो । गत फाल्गुन ११ गतेबाट सबै अस्पताललाई दिदै आएको फिडर लाईन काटेपछि यसको सिधा असर अस्पताल र अस्पतालले दिने अत्यावश्यकीय सेवामा परेको छ ।
गत माघ महिनादेखि नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर विद्युत सेवामा लिदै आएको सुल्कमा ३ गुणाले बृद्धि गरेको थियो ।

फिडर लाइन काटिएका अस्पतालहरुले विद्युत प्राधिकरणलाई पटक पटक विगतको सरकारी नियम अनुसार नै फिडर लाईन उपलब्ध गराउन ताकेता गरेपनि विद्युत जडान गर्ने विषयमा बेवास्ता गरेपछि समस्यामा रहेका निजि स्वास्थ्य सस्थांले न्यायिक निकास खोजिका लागी पुनरावेदन अदालतमा डेडिकेटेड फिडर विद्युत सेवाका लागि निवेदन दिएका थिए ।

पुनरावेदन अदालतले निजि स्वास्थ्य संस्थाहरुको पक्षमा गत १९ गते निर्णय गरि तत्काल फिडरको व्यवस्था सहित विद्युत उपलब्ध गराउन विद्युत प्राधिकरणलाई आदेश दिएको थियो । 
नाकाबन्दीका कारण देश संकटमा रहेको र अर्कोतर्फ डिजेलको समस्याले जेनेरेटर पनि संचालन गर्न नसकिने हँुदा  अस्पताल संचालन गर्नेकी नगर्ने चुनौतिको विषय बनेको छ ।

Last modified on 2016-03-04 21:56:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts