सुरक्षित गर्भपतन दिवस

किशोरावस्थाको गर्भपतनले बच्चा नै नहुन सक्छ 

What's This?


Download our app to get more features

गर्भपतनले नेपालमा कानुनी मान्यता पाएपछि यसलाई सामान्य रुपमा लिनेको संख्या बढ्दो छ । कानुनी रुपमा गर्भपतन जुनसुकै उमेर समूहका महिलाले पनि गर्न सक्छन् । तर, आजभोलि भने गर्भपतन गराउनेमा विशेषगरी कलेजमा अध्ययनरत किशोरी बढी छन् । सरकारले सामान्य मेडिकल पसलबाटै गर्भपतनको औषधि वितरण गर्न अनुमति दिएकाले औषधिको दुरुपयोग पनि हुन थालेको छ । जसले गर्दा विकृति भित्र्नुका साथै गर्भपतनको सही तथ्य पनि उपलब्ध हुन सकेको छैन । 
१३ वर्ष देखि १९ वर्षको उमेर किशोर अवस्था हो । यो अवस्थामा किशोरीले गर्भपतनपछि  भविष्यमा के असर पर्छ भन्ने सोचेका हँुदैनन् । यो उमेरमा हुने असुरक्षित यौन समपर्कबाट गर्भपतन गराउने संख्या धेरै छ । यो उमेरमा किशोरीहरुको स्वास्थ्य अवस्था कमजोर हुने भएकोले उसको शरीरमा राम्रो विकास नै भएको हँुदैन । यही अवस्थामा गर्भ पतन गर्दा उसको शरीरबाट अत्याधिक रगत बगेर ज्यान नै जाने अवस्था पनि आउन सक्छ । त्यसैले महिलाको विवाह र गर्भाधारण दुबै २० वर्ष अघि जोखिमपूर्ण मानिन्छ । नेपालको कानुनले पनि यो उमेरको विवाह र गर्भाधारणलाई बर्जित गरेको छ ।

किशोरावस्थामा गर्भपतन गर्दाका असर

कम उमेरमा गर्भपतन गराउँदा रगत धेरै जान्छ ।
शरीरमा हेमोग्लोमीको कमी हुन्छ ।
एनिमियाको खतरा हुन्छ ।
गर्भपतन गर्दा शरीरको विभिन्न अंगमा असर पर्न जान्छ ।
गर्भपतनलाई शारीरिक मात्रै नभइ सामाजिक हिसाबले राम्रो मानिदैन । गर्भपतनपछि महिलामा मानसिक, शारीरिक, सामाजिक, पारिवारिक असर समेत पर्छ । धेरै पटक गर्भपतन गरेमा वा पाठेघर धेरै पटक खुर्कीने गरेमा फेरी बच्चा बस्ने सम्भावना कम हुन्छ । 
चिकित्सा विज्ञान अनुसार ६ देखि ९ सातासम्मको गर्भ मात्रै पतन गर्नका लागि उपयुक्त हुन्छ । ९ सातापछि गर्भ पतन गर्दा औजारको प्रयोग गर्नु पर्ने भएकोले महिलाको पाठेघरमा घाउ हुने सम्भावना हुन्छ ।

Last modified on 2018-09-26 19:35:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts