सुरक्षित गर्भपतन दिवस

नेपालमा सुरक्षित गर्भपतन गराउने ४२ प्रतिशतमात्र, प्रतिघण्टा २१ जनाको असुरक्षित गर्भपतन



Download our app to get more features

काठमाडौ, १० असोज । सुरक्षित गर्भपत सम्बन्धी कानुन बनेको एकदशक नाघ्दा पनि नेपालमा अझै ५८ प्रतिशत माहिलाले असुरक्षित गर्भपतन गराउने गरेको डरलाग्दो तथ्याङ सार्वजानिक भएको छ ।

“अबको गन्तव्यः असुरक्षित गर्भपतनको अन्त्य” भन्ने नाराका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखाले बुधवार राजधानीमा मनाएको सुरक्षित गर्भपतन दिवसका अवसरमा यस्तो तथ्यांक जानकारी गराइएको हो । तथ्याङ्क अनुसार नेपालमा प्रति घण्टा २१ जनाले असुरक्षित गर्भपतन गराउने गरेको पाइएको छ । त्यस्तै एकदिनमा ५ सय २० जना,प्रतिमहिना १५ हजार ५ सय १२ जना र प्रतिवर्ष १ लाख ८६ हजार १ सय ४४ जना महिला तथा किशोरीले असुरक्षित गर्भपतन गराउने गरेको पाइएको छ । 

दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले शहरी क्षेत्रमा गर्भपतन सम्बन्धी विभिन्न कार्यक्रम भएपनि बाहिरी जिल्लामा यस्ता कार्यक्रम कम भएको र यसलाई बढाउनु पर्ने बताए । मोफसलका मानिसलाई यससम्बन्धी जानकारी नहुँदा धेरै पछि परेको सुरक्षित गर्भपतन गराउने संस्थालाई मजबूत बनाउनुपर्ने उनले आवश्यक्ता औंल्याए । 

सो कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले असुरक्षित गर्भपतन र गर्भपतन गर्न जाने जो कोहिलाई पनि सोधिने प्रश्नको जवाफ दिन असहज हुने भएकाले यसलाई सहज वनाउने वातावरण बनाउन जरुरी भएको बताइन् । ‘हाम्रो जनसङ्ख्याको २५ प्रतिशत माहिलालाई गर्भपतका बारेमा थाहा नै छैन’ उनले भनिन्, ‘यसका लागि पनि सुरक्षित गर्भपतनका बारेमा चेतना विस्तार गर्न आवश्यक छ ।’ 

औषधि  व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले गर्भपतनका औषधि जथाबाभी बेच्ने र यसरी गर्भपतन गर्ने गराउने दुवैलाई कारबाहि हुनु पर्ने बताए ।उनले तोकीएको ठाँउ बाहेका अरु ठाँउमा गर्भपतन पनि नगराउँदा राम्रो हुने बताए ।

के छ कानुनी व्यवस्था ? 
नेपालमा सर्वप्रथम २०५९ बाट सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐनमा गर्भपतनको अधिकारलाई कानुनी मान्यता दिइएको हो । 

नेपालमा २०५९ असोज १० मा सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिएको थियो । त्यस्तै २०६० मा सुरक्षित गर्भपतन सम्बन्धी रास्ट्रिय नीति प्रकाशित भएको थियो । २०६० चैत्र ५ मा परोपकार प्रसूति गृह काठमाडौमा सुरक्षित गर्भपतन सेवाको सुरुवात भएको  हो । त्यस्तै २०६३ मा नर्सिङ स्टाफहरुबाट सुरक्षित गर्भपतन सेवाको सुरुवात भएको थियो । २०६५ मा बाह्र हप्ताभन्दा माथिको सुरक्षित गर्भपतन सेवाको सुरु गरिएको हो । २०६७ मा औषधिद्वारा गरिने सुरक्षित गर्भपतन सेवाको सुरु भयो भने २०७३ कार्तिक २ मा निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु गरिएको थियो । त्यस्तै यही महिनाको सुरुवातमा संसदले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी ऐन पारित गरेको छ । यसले नेपालमा सुरक्षित गर्भपतनलाई बलियो कानुनी अधिकार स्थापित गरेको छ ।

सुरक्षित गर्भपतन सेवाः प्रविधि अनुसार

दिवसको अवसरमा यस्ता तथ्य सार्वजानिक गरियो 

४१५ महिलालाई मात्र नेपालमा गर्भपतनले कानूनी मान्यता पाएको जानकारी भएको  छ ।
असुरक्षित गर्भपतन गर्ने महिलाको प्रतिशत (५८५०
प्रादेशिक तथा स्थानीयस्तरमा यस सेवा बारे जानकारीको कमी 
सेवाको सीमित उपलव्धता 
तालिम नलिएका र सूचीकृत नभएका स्वास्थ्यकर्मीबाट अवैधानिक रुपमा सेवा प्रवाह

सुधारका लागि गर्नुपर्ने प्रयासहरु

परिवार नियोजन सेवाको उपयोग र उपलब्धतामा बृद्धि 
सुरक्षित गर्भपतन सेवाको विस्तार
सुरक्षित गर्भपतन सम्बन्धि ज्ञान बृद्धि गर्न प्रभावकारी सूचना, शिक्षा र समुदायमा आधारित कार्यक्रमहरु संचालन 
नेपालमा गर्भपतनले कानुनी मान्यता पाउनु अगाडिको स्थिति
ठूला अस्पतालहरुमा प्रसुति रोग सम्बन्धि भर्ना भएका महिलाहरु मध्ये ५४% महिलाहरुलाई गर्भपतनको जटिलता भएको पाइएको थियो । 
स्वास्थ्य संस्थामा मातृ मृत्यु भएका महिलाहरु मध्ये २० प्रतिशत आमाहरुको मृत्यु गर्भपतन सम्बन्धि जटिलताको कारणले भएको पाइएको थियो 
महिलाहरुले गर्भपतन पश्चात आफ्नो स्वास्थ्य समस्याको उपचार गर्न अस्पतालमा रु. १५०० देखि १०,००० सम्म खर्च गरेको पाइयो ।
जेलमा थुनिराखेका महिलाहरु मध्ये २० प्रतिशत महिलाहरु गर्भपतन गराएको र भ्रुण हत्याको अभियोगमा थुनिएको थिए ।

बिश्वमा असुरक्षित गर्भपतन सम्बन्धि तथ्यहरु
    प्रत्येक बर्ष बिश्वमा २ करोड ५० लाख महिला तथा किशोरीहरुले असूरक्षित तरिकाले गर्भपतन गराउछन ।          

           (Guttmacher Institute, 2018) .


   बिश्वमा भएका मातृ मूत्यु मध्ये करीब ८ प्रतिशत असूरक्षित गर्भपतनको कारणले भएको पाइएको छ            

(Guttmacher Institute, 2018)

    प्रतिवर्ष ४४,००० महिलाहरुको मृत्यु असुरक्षित गर्भपतनको कारणले हुन्छ                   

  • www.ipas.org)
  •     प्रतिवर्ष ५० लाख महिलाहरु असुरक्षित गर्भपतनको जटिलताको कारणले विभिन्न रोगहरुबाट ग्रसित हुन्छन         
  •  (WHO, 2012) 

 असुरक्षित गर्भपतन मातृमृत्यु गराउने चार वटा मुख्य कारणहरु मध्ये एक हो ।

Last modified on 2018-09-27 07:11:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts