डिप्रेसन र यसको प्राकृतिक उपचार    



Download our app to get more features

दुई हप्ता वा सो भन्दा बढि समय मनमा सामान्य भन्दा धेरै दिग्दारीपन आउनु, अनावश्यक सोचाई आउने, रुची बढ्दै जाने शारीरिक तथा मानसिक कार्यमा पहिले भन्दा अस्वभाविक रुपमा फरक हुने आदि समस्याहरु रहि रह्यो भने त्यही नै डिप्रेसन हो । डिप्रेसनमा लक्षण तथा चिन्हको रुपमा देखिने थरी–थरीका समस्याहरुको अवस्थाको आधारमा डिप्रेसन मुख्य तीन प्रकारका हुन्छन । 
 

क) सामान्य डिप्रेसन

ख) मध्यम डिप्रेसन

ग) कडा डिप्रेसन

 

डिप्रेसन हुने कारणहरुः

दुःखद र तनाबपूर्ण घटना जस्तैः— विछोड, असफलता, बेरोजगारी, आर्थिक अभाव, आफन्तको मृत्यु, झगडा आदि ।

– वंशाणुगत

– दीर्घकालिन रोगहरु जस्तैः– मधुमेह, अर्बुद्ध रोग आदि 

–औषधिको प्रतिकुल असरबाट जस्तैः– परिवार नियोजनको खाने चक्कीहरु, केही उच्च रक्तचाप नियन्त्रक औषधि

– हर्माेनको गडबढि जस्तैः— थाइराइड, महिनावारी सुक्नु भन्दा अगाडि वा महिनावारी सुरु हुने समयमा

डिप्रेसनका लक्षण तथा चिन्हहरु 

१. मानसिक लक्षणहरु 

– दिक्क लाग्नु

– आशा विहीन र व्यार्थको जिन्दगी लाग्नु ।

– कुनै चीजमा ध्यानाकर्षण  गर्न नस्कनु ।

– कुनै काम वा कुराको निर्णय गर्न गाह्रो हुने ।

– कुनै चिजमा चाहना घट्नु

– एक्लै वस्न मन पराउनु

– उत्तेजित हुनु वा झर्काे मान्नु

– यौन चाहाना कम हुनु

– आत्महत्या गर्ने विचार पटक–पटक गर्नु ।

शारिरीक लक्ष्यणहरु 

– टाउको दुख्नु, पेट दुख्नु,

– खाना अरुचि हुनु,

– कब्जियत हुनु,

– निद्रा गडबडी हुनु

– थकाई लागिरहनु,

– तौलमा परिवर्तन हुनु,

– जीउ सुस्त भएर जानु,

– सास फेर्न गाह्रो हुनु,

– हात खुट्टा झमझमाउने समस्या देखिनु आदि 

उपचार 

डिप्रेसनको उपचारमा औषधि प्रयोग भन्दा पनि इमोशनल् र बिहाभिओरल सपोर्ट बढी प्रभावकारी पाइएको छ । तसर्थ बिरामीको उदासीपनको कारण अनुसारको  उचित परामर्श तथा उपचार गर्नुपर्छ । अकुपंचर, टाउकोको मसाज, सिरोधारा आदि प्राकृतिक पद्धतिहरु सामान्य तथा मध्यम उदासीपनमा अत्यान्त प्रभावकारी देखिन्छ । यस्ता उपचार सामान्यतया १० दिनदेखि १ महिनासम्म गर्नुपर्ने हुन्छ । 

२. कडा उदासीपन: 

पुरानो तथा कडा खालको उदासीपनको उपचारको लागि मानसिक रोग विशेषज्ञसँग सम्पर्क राख्दै प्राकृतिक उपचार पनि सँगै गर्दै जानुपर्छ ।

सल्लाह र सुझाब

कुनै घटनालाई मनमा धेरै नखेलाउने 

सकेसम्म एक्लै नबस्ने वा खाली नबस्ने, व्यायम हिडडुल गर्ने

नियमित स्वासको कसरत वा प्राणायम गर्ने 

सामान्य लक्षण देखिनासाथ उपचार गर्ने 

 

लेखक अकुपन्चरिष्ट तथा शुस्वास्थ्य अस्पतालका अध्यक्ष हुन् ।

Last modified on 2016-05-31 13:29:12

1 Comments

  1. शिव खतिवडाon Sat, Aug 20 2016 06:14 PM

    मलाई पनि यस्तै सम्सया परिरहेको छ।भोक लाग्दैन मनमा अनावश्यक कुरा हरू खेलि रहन्छ। थकान महसुस हुन्छ जतिखेर पनि।टाउको एकदम दुख्छ। ट्वाइलेट राम्रो संग हुदैन। के यो डिप्रेसन को लछ्यण हो?


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts