नर्सिङ दर्ता प्रमाण पत्र परीक्षाको आवेदन खुल्यो



Download our app to get more features

काठमाडौं, १२ आसोज । नेपाल नर्सिङ परिषद्ले ८ मंसिरमा हुने दर्ता प्रमाण पत्र परीक्षाका लागि परीक्षार्थीहरुबाट निवेदन माग गरेको छ । बिएस्सी नर्सिङ, प्रविणता प्रमाणपत्र निर्सिंङ उतिर्ण भएकाहरूबाट परिषद्ले निवेदन माग गरेको हो ।  

परीक्षामा सहभागी हुन चाहने परीक्षार्थीले नर्सिङ परिषद्को वेभसाइडबाट फारम संकलन गर्न सक्नेछन् । परिषद्ले १२ कार्तिकसम्म समान्य दस्तुरमा फारम संकलन गर्ने जनाएको छ भने १८ कार्तिकसम्म दोब्बर दस्तुर लिएर संकलन गर्ने जनाएको छ । परिषद्को वेभसाइट exam.nnc.np मा लगइन गरी फारम संकलन गर्न सक्ने जनाएको छ । परिषद्ले परीक्षा सहभागी हुन चाहने नेपाली विद्यार्थीका लागि १६ सय शुल्क र विदेशी नागरिकको हकमा २६ सय शुल्क तोकेको छ । 

Last modified on 2018-10-02 16:00:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts