नर्भिक पुगेर के भने स्वास्थ्य राज्यमन्त्री यादवले ?



Download our app to get more features

काठमाण्डौ, १३ असोज । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले स्वास्थ्य सेवाको दुई तिहाई हिस्सा ओगटेको निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । 

विश्व मुटु दिवसको अवसरमा राजधानीको थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पतालले आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले निजी क्षेत्रको साझेदारीबाटै स्वास्थ्य सेवालाई सुलभ र गुणस्तरीय बनाउन आफु प्रतिवद्ध रहेको बताए । २४ हजार शैयामध्ये १७ हजारभन्दा बढी निजी क्षेत्रले उपलब्ध गराएको भन्दै उनले थप जनमुखी भएर सेवा दिन आग्रह गरे । 

सो अवसरमा निजी अस्पतालहरुको छाता संगठन अफिनका अध्यक्ष समेत रहेका नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गरेको खण्डमा नेपालमै अन्तराष्ट्रिय स्तरको उपचार सम्भव भएको बताए । सोक्रममा उनले आउँदो वर्षभित्र नर्भिकले अत्याधुनिक सुविधा दिन नयाँ भवन निर्माण सुरु गर्ने योजना सुनाए । अस्पतालले मुटु दिवसको अवसरमा आफुकहाँ उपचार गराएका केही बिरामीलाई सम्मान गरेको छ । 

कार्यक्रममा पुराना चिकित्सकहरु मणिन्द्ररत्न बराल, एसके भट्टाचार्य, हेमांग दिक्षीत लगायत विशिष्ठ व्यक्ति लगायत अस्पतालका कर्मचारी र सरोकारवाला क्षेत्रका व्यक्ति सहभागी भए । 

 

Last modified on 2018-09-30 07:28:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts