बालबालिकामा देखापर्ने मानसिक समस्याहरु (भिडियोसहित)



Download our app to get more features

काठमाण्डौं, १७ जेठ । सामान्य भन्दा फरक व्यवहार देखाउने बालबालिकामा मानसिक समस्या पनि हुन सक्छ । विद्यालय जान नमान्ने, पढ्न वा गृहकार्य गर्न नमान्ने, अत्यन्तै चन्चल भएका कारण कतिपय अभिभावक हैरानीमा परेका हुन्छन् । तर बालबालिकाले भनेको नमान्ने र असामान्य व्यवहार देखाउँदा पनि अभिभाकले उनीहरुको मनोविज्ञान बुझ्न नसक्दा बालबालिका मानसिक रोगबाट पीडित भएको हुन सक्चे चिकित्सकहरु बताउँछन् । 

बालबालिकाले कुनै पनि काम मन लगाएर नगर्नु मानसिक समस्याको कारण पनि हुन सक्छ । मानसिक समस्या हरेक उमेर समुहका मानिसलाई देखा पर्न सक्छ । यसका कारण पनि भिन्ना भिन्नै हुन्छन् । यसमध्ये युवा अवस्था भन्दा माथि उमेर समुहका मानिसमा देखिनै प्रायजसो सबै मानसिक समस्या बालबालिकामा पनि देखिन सक्ने हुन्छ । 
बाल मनोरोग विशेषज्ञ डा. अरुणकुमार कँवरका अनुसार बेहोस हुने, विद्यालय जान नमान्ने, धेरै मानिस देख्दा डराउने, विद्यालयमा गए पनि फरक व्यवहार देखाउने जस्ता समस्या सामान्यतया बढी मात्रामा बालबालिकाहरुमा देखिने मुख्य समस्या रहेको डा. कुँवर बताउँछन् ।

अभिभावकले स्वस्थ बनाउन सिर्जना गरेको वातावरणका कारण नै कतिपय बालबालिका मानसिक रोगको सिकार हुने गरेको मनोचिकित्सकहरुको भनाई छ । बालबालिकाबाट सधै सकारात्मक अपेक्षा राख्नु, ठुला मानिससरह व्यवहार लाद्न खोज्नु, उनीहरुको इच्छाविपरीत व्यवहार गर्नु, जस्ता कारणले नै बालबालिकामा विभिन्न खालका मानसिक समस्या उत्पन्न भइरहेको हुन्छ । 

हरेक बालबालिकाको स्वभाव फरक–फरक हुन्छ । तर प्राय बालबालिका चन्चल र जिज्ञासु स्वभावका हुन्छन् । यसरी बालबालिकामा प्राकृतिक रुपमा हुनुपर्ने व्यवहार नदेखिँदा उसलाई कुनै मानसिक समस्या भएको हुन सक्ने मनोचिकित्सकहरुको भनाई छ । यसरी बालबालिकामा मानसिक समस्या देखिनुको पछाडी धेरै कारण हुन सक्छन् । घरपरिवारमा झैझगडा भइरहनु, विद्यालयमा कुटपिट गर्ने तथा डर त्रास देखाउने वातावरण हुनु, आमा बाबुबाट टाढा बस्नुपर्ने अवस्था हुनु र वंशाणुगत कारण पनि बालबालिकामा आउने मानसिक समस्याका कारक हुन् । 

मनोचिकित्सकहरुका अनुसार आफ्ना बालबालिकाको व्यवहारमा परिवर्तन आउनुको पछाडि घरपरिवार तथा विद्यालयले उपलब्ध गराएको वातारण कस्तो छ भन्ने बुझ्नुपर्छ । बालबालिकामा मानसिक समस्या देखा परे तत्कालै चिकित्सकको परामर्श लिन विज्ञहरुका सुझाव छ । 

Last modified on 2016-06-27 12:11:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts