के तपाईंको कपाल समयभन्दा पहिला नै फुल्दै छ ?



Download our app to get more features

आजभोली तपाईंको खानपान र लाइफस्टाइलका कारण मानिसहरुको उमेर भन्दा अगाडी नै कपाल फुल्ने समस्याले युवाहरु पीडित छन् । जो व्यक्तिको कपाल समय भन्दा अगाडी नै फुल्ने गर्दछ उक्त व्यक्तिलाई हृदयघातको सम्भावना बढि हुन्छ । 

इजिप्टको काहिरा विश्वविद्यालयको कार्डियोलोजिष्ट ईरानी स्याम्युल भन्छन्, ‘हाम्रो अध्ययनको निष्कर्षबाट पत्ता लागेको छ कि बास्तविक उमेर कम हुँदा हुँदै कपाल फुल्नुले मानिसको जैविक उमेर बताउँछ र मुटुरोगको संभावना देखाउँछ ।’ 

एथेरोस्केलेरोसिसको निर्माण धमनिको भित्र भएको सामाग्रीबाट बन्दछ । कपाल फुल्नु र एथेरोस्केलेरोसिसको निर्माण हुनु दुबै डिएनएमा समस्या आउनाले र अक्सिडेटिव तनाव, हार्मोनमा हुने परिवर्तन र काशिकाहरुको आकारमा हुने बृद्धि लगायतका कारणले हुन्छ । 

स्याम्युअल भन्छन्, ‘एथेरोस्केलेरोसिस र कपाल फुल्नु एकै प्रकारको जैविक प्रक्रिया हो र दुबै उमेर बढेसँगै बढ्ने गर्दछ ।’
 

Last modified on 2018-10-04 16:24:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts