खुट्टा गन्हाउँने समस्या छ ? चिन्ता नलिनुस् सजिलो छन् उपाय



Download our app to get more features

धेरैलाई खुट्टा गनाउने समस्याले सताउने गरेको छ । लामो समयसम्म जुत्ता तथा मोजा लगाएर काम गर्नुपर्दा धेरै मानिसको खुट्टाबाट दुर्गन्ध आउने समस्या हुन्छ । गर्मीमा मात्र नभई जाडोमा पनि कतिपय ब्यक्तिको खुट्टा गनाउने गर्दछ । खुट्टामा तातो भए पश्चात पसिना आउने हुदा त्यसबाट फङगस उत्पन्न हुनगइ गन्हाउन सुरु हुन्छ । यस्ता समस्याबाट छुटकारा पाउन तलादिएका उपाएहरु अपनाउदा निको वा समस्या केही कम हुन् सक्छ ।

नुन

नुनले खुट्टाबाट आउने दुर्गन्धलाई कम गर्छ । मनतातो पानीमा नुन घोल्नुहोस अनि घोलमा खुट्टा डुबाउनुहोस् र केहीबेर घोलमा राखेपछि चिसो पानीले मज्जाले खुट्टा धुनुहोस र सिधै नुन पानीमा घोलेर खुट्टा डुबाउदा अझ लाभदायी हुन्छ

मकै

राम्रोसंग पिंधेर मिहिन बनाएको अलिकति मकैको पिठो जुत्ता भित्र हाल्नुहोस  यसले खुट्टाबाट निस्कने पसिना सोस्दछ अनि खुट्टाबाट दुर्गन्ध आउनबाट रोक्दछ  र जुत्ता र खुट्टा भने हरेक दिन सरसफाई गर्नुपर्छ नत्र भने जति सुकै उपाय अपनाए पनि दुर्गन्ध निर्मुल हुने छैन

कागती

कागती पानी मिलाएर खुट्टा धोए पनि खुट्टा गनाउने समस्याबाट छुटकारा पाउन सिकन्छ । अझ कागती टुक्रा लिएर खुट्टामा दलेर खुट्टा धोए भने त्यसको असर झन् चाँडो हुन्छ ।

जुत्ता ओभानोरसुख्खा पारेर लाउने यस्तो समस्या पर्ने व्यक्तिले कपडाको जुत्ता लगाउनु बेश हुन्छ । छालाको जुत्ता सकभर प्रयोग नगर्नुहोस् । विशेषगरी गर्मीयाममा त जुत्ताभन्दा चप्पल÷स्लीपर जुत्ता लगाए नै वेश हुन्छ । जुत्तालाई सकेसम्म सुख्खा राख्नुपर्छ । जुत्ता सुकाउन जुत्तालाई भित्रपट्टि सफा कपडा वा कागजले हावा खेल्ने ठाउँमा खोलेर राख्नु बेश हुन्छ । तुना बाँध्ने जुत्ता छ भने तुना खोलेर सकेसम्म हावा खेल्ने ठाउँमा राखिदिनुपर्छ । सम्भव भएमा जुत्ता बेला बेलामा घाममा सुकाउनाले पनि राम्रो हुन्छ ।
खाने सोडाको प्रयोग समस्या देखापरेपछि खुट्टामा सोडा लगाउनु पनि समस्या कम गर्ने एउटा राम्रो उपाय हो । एक चम्चा खाने सोडामा अलिकति तातो पानी मिसाएर खुट्टाको औंलाको कापमा लगाई केहीबेर राखिदिने । एकछिनपछि खुट्टा सफासँग धुने र सुख्खा बनाउने । त्यसपछि अलिकति पाउडर लगाउँदा बेश हुन्छ ।
स्याउको भिनेगरस् एउटा भाँडामा पानी लिनुहोस् र एक चौथाई कप विनेगर हाल्नुहोस् । त्यसमा १० मिनेटसम्म खुट्टालाई डुबाएर राख्नुहोस् । त्यसपछि खुट्टा पुछेर क्रिम लगाउनुहोस् ।

Last modified on 2016-03-24 19:02:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts