क्यान्सर उपचारमा क्रान्तिः यसकारण दिइयो नोबेल पुरस्कार



Download our app to get more features

 
बीबीसी /शरीरको रोगप्रतिरोधी क्षमताको प्रयोग गरेर क्यान्सरको उपचारविधि पत्ता लगाएका दुई वैज्ञानिकहरूले संयुक्त रूपमा सन् २०१८ को चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार पाएका छन्।

अमेरिकाका प्राध्यापक जेम्स पी एलिसन र जापानका प्राध्यापक तासुकु होन्जोको अनुसन्धानले छालाको डरलाग्दो क्यान्सरको उपचारमा सम्भावनाको नयाँ बाटो खोलिदिएको थियो । नोबेल पुरस्कार प्रदान गर्ने स्वीडिश अक्याडमीले  इम्युन चेक्प्वाइन्ट थेरपीले क्यान्सरको उपचारमा क्रान्ति ल्याइदिएको बताएको छ। विज्ञहरूका अनुसार सो उपचारविधि अतिप्रभावकारी प्रमाणित भएको छ।  

नोबेल साहित्य पुरस्कार यो वर्ष प्रदान नगरिने
युनिभर्सटी अफ टेक्ससका प्राध्यापक एलिसन र क्योटो युनिभर्सिटीका प्राध्यापक होन्जोले ९० लाख स्वीडिश क्रोनर अर्थात् झन्डै १० लाख अमेरिकी डलर बराबरको पुरस्कारराशि आपसमा बाँड्नेछन्।

आफूले नोबेल पुरस्कार स्वीकार गरेको जानकारी दिँदै प्राध्यापक होन्जोले सोमवार सञ्चारकर्मीहरूसँग भने, म मेरो अनुसन्धानलाई निरन्तरता दिन चाहन्छु । यो रोगप्रतिरोध उपचारविधिले पहिलेभन्दा बढी क्यान्सर रोगीहरूलाई बचाउन सकियोस् भनेर।

प्राध्यापक एलिसनले भने, इम्युन चेक्प्वाइन्ट ब्लकेड पद्धतिबाट सफल उपचार गरिएका क्यान्सरपीडितहरूलाई भेट्न पाउनु भावनात्मक गौरवको विषय हो। उनीहरू आधारभूत विज्ञानको शक्ति, हाम्रो सिक्ने चाहना र विभिन्न कुराहरूले कसरी काम गर्छन् भन्ने बुझ्नका लागि जीवन्त उदाहरण हुन्।ू
उपचारै नहुनेको उपचार
शरीरमा भएको रोगप्रतिरोधक्षमताले हामीलाई रोग लाग्नबाट जोगाउँछ। बाह्य जीवाणु वा कोषलाई आक्रमण गर्दा आफ्नै तन्तुलाई जोगाउने नैसर्गिक गुण पनि हाम्रो प्रतिरोधपद्धतिमा हुन्छ।

केही क्यान्सरहरूले त्यही गुणको फाइदा लिन्छन् र प्रतिरोधप्रणालीलाई झुक्याइदिन्छन्।

एलिसन र होन्जोले ट्युमरका कोषहरूलाई आक्रमण गर्ने गुण भएका विशेष कोषहरू प्रतिरोधप्रणालीबाट निकाल्ने उपाय पत्ता लगाएका हुन्।

ती विशेष कोषहरू उत्पादन हुन नदिने प्रोटिनलाई अवरोध गर्ने उपाय पत्ता लागेपछि नयाँ औषधिहरूको विकास सम्भव भयो। यसले गम्भीर चरणमा रहेको क्यान्सर र पहिला उपचार गर्न नसकिने क्यान्सरको पनि उपचार हुने आशा बढेको छ।

संयुक्त अधिराज्यको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसले ुइम्युन चेक्प्वाइन्ट थेरपीु भनिने सो उपचारविधि मेलनोमा भनिने गम्भीर खालको छालाको क्यान्सरको उपचारमा प्रयोग गर्छ।

यो विधिले सबैमा काम गर्दैन। तर केही बिरामीमा भने शरीरभरि फैलिएको ट्युमर निर्मूल गरिदिएर अविश्वसनीय रूपमा काम गरेको छ।
यस्तो उपलब्धि यसअघि क्यान्सर भएका बिरामीमा पहिला कहिल्यै देखिएको थिएन।

चिकित्सकहरूले अन्तिम चरणको फोक्सोको क्यान्सर भएका बिरामीको उपचारमा पनि यो विधि प्रयोग गरेका छन्।

क्यान्सर रिसर्च यूकेका प्राध्यापक चार्ल्स स्यान्टनले नोबेल विजेता वैज्ञानिकहरूलाई बधाई दिँदै भने, यो अभूतपूर्व कामका लागि धन्यवाद। हाम्रो आफ्नै रोगप्रतिरोध प्रणालीको क्यान्सर रोक्ने नैसर्गिक शक्ति पत्ता लागेको छ र बिरामीहरूको जीवन बचाउने उपचारविधि बनेको छ।ू
अन्तिम चरणका मेलनोमा एवम् फोक्सो र मिर्गौला आदिको क्यान्सरमा प्रतिरोधक्षमतालाई बढाउने औषधिले निरुपाय भएका धेरै बिरामीहरूप्रतिको दृष्टिकोण फेरिदिएको छ।ू
थप अनुसन्धानले रोगप्रतिरोध प्रणाली उपयोग गर्ने उपचारविधिमा नयाँ अवसर देखिने उनको विश्वास छ।

प्रत्येक वर्ष विभिन्न विधामा दिइने नोबेल पुरस्कारमध्ये चिकित्साशास्त्रतर्फका विजेताको नाम पहिला घोषणा गरिन्छ।
एउटा यौनदुर्व्यवहारको घटना सार्वजनिक भएपछि यो वर्ष साहित्यतर्फ नोबेल पुरस्कार दिइनेछैन।
चिकित्साशास्त्रतर्फ असअघि नोबेल पुरस्कार कसले पाएका थिए  

 २०१७ ( जेफ्री हल, माइकल रोस्ब्याश र माइकल यङ्। शरीरले कसरी सर्केडियन रिदम अर्थात् जैविक घडीु कायम राख्छ भन्ने अनुसन्धानका लागि

  • २०१६ ( योशिनोरी ओहसुमी। विकार पुनर्प्रयोग गरेर कोषहरू कसरी स्वस्थ रहन्छन् भनेर पत्ता लगाउने अनुसन्धानका लागि
  • २०१५ ( विलियम सी क्याम्पबेल, सातोशी ओमुरा र यूयू टू। परजीवी नियन्त्रण गर्ने औषधिका लागि
  •  २०१४स जन ओुकीफ, मे(ब्रिट मोजर र एड्वार्ड मोजर। मस्तिष्कको परिगमन प्रणाली पत्ता लगाउने अनुसन्धानका लागि
  •  २०१३ ( जेम्स रथ्म्यान, र्यान्डी शेक्म्यान र थोमास स्युड्होफ। कोषले कसरी पदार्थहरू परिवहन गर्छन् भने अनुसन्धानका लागि
  •  २०१२स् जन गर्डन र शिन्या यामानाका। कोषलाई स्टेम सेल बनाउन सफल भएकोमा
Last modified on 2018-10-04 15:09:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts