महिनावारीमा गडबडी हुनु सामान्य होइन (भिडियोसहित)

What's This?


Download our app to get more features

ढल्कदो उमेरका महिलामा मात्र नभई किशोरीहरूमा पनि पछिल्लो समय महिनावरीमा गडबढी हुने समस्या बढ्दो छ । महिनावारी नियमिता हुँदैन् ? यस्तो समस्या देखिए स्वास्थ्यमा कस्तो असर गर्छ ? र यी समस्याबाट बच्न के गर्ने ? भन्ने विषयमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. सिता पोखरेल घिमिरेसँग गरिएको कुराकानीको सम्पादित अंश:-

महिनावारी नियमित नहुने,  महिनावारीको बेला रक्तश्राव बढी वा कम हुने, असह्य पीडा हुने लगायतका समस्या किशिरीहरूमा पनि बढ्दो छ । यो समस्या महिनावारी सुरु भएका किशोरी देखि महिनावारी सुक्ने उमेरका महिलामा समेत देखा पर्ने गरेको छ । 

प्रमुख कारण 

  • विशेष गरी इन्डोक्राइन ग्ल्यान्डले उत्सर्जन गर्ने हर्मोनको असन्तुलन ।
  • अस्वस्थ जीवनशैली । 
  • वंशाणुगत गुण ।
  • धेरै जंकफुड खानु ।
  • सन्तुलित तथा पोषण खानाको कमी ।
  • बढी तौल ।
  • बढी तनाव ।
  • महिनावारी रोक्ने औषधिको बढी सेवान ।
  • अन्य रोगका कारण पनि यस्तो समस्या आउँछ ।

यसका असर

ढिला ढिला महिनावारी हुँदा त्यस्तो रगत पाठेघरमा नै जमेर बस्ने र लामो समयपछि क्यान्सरको रुपमा परिणत हुनसक्छ । हर्मोनको कारणले कतिपय महिलामा अनुहारमा पुरुषको जस्तो रौं पलाउँछ । साथै पेट दुख्ने, खाना अरुचि हुने, बच्चा नहुने लगायतका समस्या आउँछ ।

बच्ने उपाय

महिनावारी अनियमित हुनुलाई बेवास्ता गर्नु हँुदैन् । लामो समय यो अवस्थामा रहदा पाठेघरको माथिल्लो भागको क्यान्सर समेत हुन सक्छ । तसर्थ :

  • सन्तुलित र स्वच्छ खाना खाने ।
  • सक्रिय जीवनशैली अपनाउने ।
  • सम्भव भएसम्म जंकफुडको प्रयोग नगर्ने ।
  • नियमित शारीरिक व्यायम गर्ने ।
  • एस्ट्रोजन तथा प्रोजेस्टेरोन हर्मोनको कमीका कारण पनि महिनावारी गडबड हुने हँुदा कुनै समस्या देखिए तुरुन्त चिकित्सकसँग परामर्श लिनुपर्छ । 

भिडीयो हेर्नुहोस्:

Last modified on 2018-10-05 06:57:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts