प्रसूति गृहले ६० प्रतिशत सस्तोमा औषधि बेच्दै आएको जिकिर



Download our app to get more features

काठमाडौँ, १८ असोज । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीले ६० प्रतिशतसम्म सस्तो मूल्यमा औषधि बिक्री गरेको जिकिर गरेको छ । 

सेवाग्राही बिरामीलाई आवश्यक पर्ने ९० प्रतिशतभन्दा बढी औषधि त्यहाँको औषधि पसलमा रहेको अस्पतालका निर्देशक प्रा डा जागेश्वर गौतमले जानकारी दिए । तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारी अस्पतालले अनिवार्य रुपमा आफ्नै औषधि पसल सञ्चालन गर्नुपर्ने व्यवस्था लागू गरेका थियो । 

प्रसूति तथा स्त्रीरोगको केन्द्रीय सो अस्पतालको स्वीकृत शय्या ३५० भए पनि हाल ४१५ शय्या सञ्चालन गरिरहेको छ । अस्पतालमा आमा सुरक्षा कार्यक्रम, निःशुल्क नवजात शिशु उपचार कार्यक्रम, निःशुल्क पाठेघर खस्ने रोगको उपचार तथा शल्यक्रियासमेत भइरहेको छ । 
रासस
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts