नर्सलाई सशक्त बनाउन नर्सिङ नाउ नामक अभियान सुरु



Download our app to get more features

काठमाडौ, १९ असोज । उत्कृष्ट स्वास्थ्य सेवाका लागी नर्सहरुको सशक्तिकरण भन्ने नारा सहित नर्सिङ क्याम्पेन नामक अभियान सुरु भएको छ ।

नेपाल नर्सिङ संघ तथा जनसख्या मन्त्रालय अन्तर्गत नर्सिङ तथा सामाजिक सुरक्षा माहाशाखाको समन्वयमा ‘नर्सिङ नाउ क्याम्पेन ’ बिहीबारबाट सुरु भएको हो । अन्तराष्ट्रिय नर्सिङ परिषद् र विश्व स्वास्थ्य संगठनको अगुवाइमा नर्सिङ अभियान सुरु भएसँगै नेपालमा पनि यो अभियन सञ्चालन गरिएको जनाइएको छ ।  

सो अभियानमा सहभागिता जनाउन नेपाल १७ औं देश हो । २०१८ देखि २०२० सम्म अभियान चल्ने नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष गोमा निरौलाले बताइन । अभियानको स्वास्थ्य तथा जनसङख्या राज्यमन्त्री डा.सुरेन्द्र कुमार यादवले उद्घाटन गरेका छन् । 

राज्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रमा अझै सुधारको जरुरी रहेको भन्दै नर्सिङ क्षेत्रमा पनि सुधारको खाँचो रहेको बताएका छन् । दुई वर्षसम्म सञ्चालन हुने अभियानमा नर्सहरुलाई गुणस्तरीय शिक्षा, ज्ञान, सीप दिएर नेतृत्व र निणर्यक तहसम्म पुर्याउने लक्ष्य राखिएको जनाइएको छ । 

Last modified on 2018-10-05 17:20:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts