स्वास्थ्य चौकीमा चिकित्सक आउने भएपछि...



Download our app to get more features

दाङ्ग, २२ असोज । गत शुक्रबार राप्ती गाउँपालिका १ भालुवाङ्गका ३० वर्षे कमल भुसाल एक्कासी बिरामी भए । उनलाई दिउँसो २ बजेदेखि पेट दुख्न सुरु गरेको थियो । तर स्थानिय चिकित्सक नहुदा उनले पिडा सहदै बस्न बाध्य भए । अन्ततः उनले पिडा सहन नसकि राती ९ बजे बुटबल प्रस्थान गर्नु पर्यो । उनले भने नजिकको स्वास्थ्य चौकीमा चिकत्सक भइदिएको भए नत पिडा सहनु पर्थ्यो नत बुटबल नै जानु पर्थ्यो । तर, आज कमल प्रफुल्लित मुद्रामा देखिए । उनी खुसी हुनुको कारण थियो स्वास्थ्य चौकिमा चिकित्सकको उपस्थिती । उनले भने ‘स्वास्थ्य चौकीमा एमबीबीएस चिकित्सक आउने भएछन् अब मैले जस्तो पिडा अरुले भोग्नु नपर्ने भएछ ।”

राप्ती गाँउपालिकाले नागरिकको सुस्वास्थ्यको कामना गर्दै सिसहनिया र लालमटिया स्वास्थ्य चौकीमा असोज २१ गतेदेखि एमबीबीएस चिकित्सकबाट सेवा दिने व्यवस्था गरेको छ । गाउँपालिकाले आइतबार समुद्धघाटनको आयोजना गरी सिसहनिया स्वास्थ्य चौकी र लालमटिया स्वास्थ्य चौकीबाट चिकित्सकिय सेवा दिन एक जना एम.वि.वि.एस. चिकित्सकको व्यवस्था गरेको छ । 

साविकका अहेवको सरकारी दरवन्दि रहेको स्वास्थ्य चौकीमा नागरिकको थप स्वास्थ्य सेवाका लागि राप्ती गाउँपालिकाको तेस्रो गाउँसभााट स्वीकृत कार्यक्रम अन्तरगत सिसहनिया र लालमटिया स्वास्थ्य चौकीबाट एक जना चिकित्सक करारमा लिई सेवा सुरु गरिएको हो । गाउँपालिकाले डा. पुष्प भुसाललाई करारमा लिई सेवा दिन सुरु गरेको हो । 

राप्ती गाउँपालिकाले अव गरिव, विपन्न, असाय, बृद्ध, महिला, गर्भवती, सुत्केरी तथा आम नागरिकको स्वास्थ्यका लागि तिन स्वास्थ्य ईकाइबाट अहेव स्तरको स्वास्थ्यकर्मी सहित र दुई स्थानबाट मेडिकल अधिकृतबाट सेवा दिन सुरु गरेको बताएको छ । गाउँपालिकाका अध्यक्ष नुमानन्नद सुवेदिले अव राप्ती गाउँपालिकामा मेडिकल अधिकृतको माध्यमबाट स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा दिन सुरु गरेको बताए । उने भने ‘यसको साधै केहि समय पछि स्वास्थ्य संस्थामा एक्सरे र भिडियो एक्सरे लगायतका उपकरणको समेत सेवा सुरु गर्ने छौं ।”

डा. भुसालले आइतबार, मंगलबार, बुधबार र बिहिबार सिसहनिया स्वास्थ्य चौकी तथा सोमबार र शुक्रबार लालमटिया स्वास्थ्य चौकीबाट स्वास्थ्य सेवा दिने गाउँपालिकाका स्वास्थ्य सेवा शाखा संयोजक नारायण राउतले जानकारी दिए । 

Last modified on 2018-10-09 07:50:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts