बेवास्ता गरे स्क्रब टाइफसले ज्यान नै जान्छ



Download our app to get more features

धेरैलाई स्क्रब टाइफस रोगबारे जानकारी छैन् । जानकारी भएकाहरू पनि त्यति सचेत भएको देखिदैन । जानेर वा अन्जानमै पनि स्क्रब टाइफसलाई बेवास्ता गर्नु घातक हुन्छ । स्क्रब टाइफस रोगलाई बेवास्ता गर्नु किन हुँदैन, यो रोग कसरी लाग्छ, यसका प्रारम्भिक लक्षणहरू के के हुन् यो संक्रमणबाट बच्ने भन्ने विषयमा जनरल फिजिसियन डा. प्रशान्त भट्टराईले दिएका सुझाव यस प्रकार छन् :—

स्क्रब टाइफस मुसामा पाइने एक प्रकारको परजीविको टोकाइबाट लाग्ने रोग हो । यो रोगका पराजीवि घाँसपातमा पनि पाइन्छ । नेपालका धेरै मानिस कृषि पेशामा आबद्ध छन् । घाँसपात, जंगल तथा झाडीमा काम गर्दा त्यहाँ भएका माइट नामको पराजीविले टोक्यो भने स्क्रब टाइफस संक्रमण हुन्छ ।

कारण 
यो रोग लाग्ने प्रमुख कारण भनेकै माइट नामको पराजीविले टोक्नु हो । 

लक्षण
स्क्रब टाइफसका लक्षणहरू अन्य रोगसँग मिल्दाजुल्दा हुन्छन् । यसकारण पनि स्क्रब टाइफस नै भएको हो की होइन भनेर पहिचान गर्न गाह्रो हुन्छ । लक्षणका आधारमा यो रोगको किटान गर्न बिरामी मात्र नभएर कहिले काही चिकित्सक समेत झुक्किने गरेको बताउँछन् । यो रोगको पहिचान स्वास्थ परीक्षण गरपछि मात्रै हुन्छ । यद्यपि, यो रोग लाग्दा निम्न लक्षण देखा पर्छन् ।

  • ज्वरो आउने ।
  • टोकेको ठाउँमा कालो, वा खैरो दाग देखिने ।
  • जीउ आलश्य हुने ।
  • खोकी लाग्ने ।
  • वान्ता हुने ।
  • पेट दुख्ने ।
  • संक्रमण भएको लामो समय भए मुटु, कलेजो, फोक्सोले समेत राम्रोसँग काम नगर्ने हुन्छ । 

अपनाउनु पर्ने सावधानी 

  • नांगो खुट्टा खेतबारीमा नजाने । 
  • खेतबारीमा काम गर्दा जुत्ता, हातमा पञ्जा, पुरै शरीर डाक्ने कपडा लगाउने ।
  • घरवरपरको वातावरण सफा राख्ने ।
  • घरमा मुसा आउन नदिने । 
  • घाँस तथा झाडीमा जथाभावी नबस्ने ।
  • कुनै लक्षण देखिए तुरुन्त चिकित्सकसँग सल्लाह गर्ने ।
  • समयमै उपचार गराए यो रोग पूर्ण रुपमा ठीक हुन्छ ।
Last modified on 2018-10-10 06:19:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts