‘७० प्रतिशत महिलामा मानसिक स्वास्थ्य समस्या’



Download our app to get more features

काठमाडौं, २४ असोज । चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का मनोचिकित्सा विभाग प्रमुख डा. सरोज ओझाले मानसिक स्वास्थ्य बारे धेरैले चासो नदिँदा मानसिक रोगीको संख्या बढिरहेकोमा चिन्ता व्यक्त गरेका छन् ।

२६औ विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा सिआइएन र सीएमसी नेपालले आज आयोजना गरेको अन्तरक्रिया उनले मानसिक रोग पनि अन्य रोग जस्तंै भएकाले समयमै उपचार गर्न जोड दिएका छन् ।
मानसिक स्वास्थ्य बारे भएका विभिन्न अध्ययनको तथ्यांक अनुसार ७० प्रतिशत महिलामा विभिन्न प्रकारका मानसिक स्वास्थ्य समस्या रहेको उल्लेख छ । यो संख्या पुरुषको तुलनामा महिलामा निकै बढी हो । डा. ओझाले यही कारण २५ देखि २८ प्रतिशत महिलामा डिप्रेशनको समस्या आउने गरेको बताए  ।

निद्रा नलाग्ने आवश्यक भन्दा बढी चिन्तित हुने, मन खिन्न गर्ने, साथीहरू नबनाउने, चुरोट लागु पदार्थमा सेवन गर्ने लगायतका समस्या देखिए मानसिक समस्या हुने सक्ने उनको भनाइ छ । यस्तो समस्या भएमा  तुरुन्त अस्पताल गएर परामर्श लिन उनले सुझाव दिएका छन् । उनले यस्तो अवस्थामा धामीझाक्रीको भरमा पर्दा रोगलाई झन् कडा हुने र उपचार नै नहुने अवस्था आउने चेतावनी दिए । मानसिक रोग भनेपछि कतिपयले उपचार गर्न मन नगर्ने, लाज मान्ने गर्ने गरेको उनले बताए । यस्ता अप्ठयारोपन हटाउन सरकारले तत्काल जनचेतनामुलक अभियान चलाउनु पर्ने बताए । 

कार्यक्रममा सियमसी नेपालका प्राविधिक निर्देशक डा. पशुपति महतले विश्वमा सबै मानिस स्वस्थ्य हुनु आवश्यक रहेकोको बताए । उनले भने ‘डब्लुएचओको क्याटागोरीमा १ देखि ९९ वटा रोग हुन्छ तर त्यसमा १० देखि १५ प्रतिशत मात्रै कडा रोग हुन्छन् ।’ नेपालमा केही वर्षयता मानसिक रोगीको संख्या निकै बढेको हुँदा मानसिक स्वास्थ्य सेवालाई सरकारले प्राथमिकता दिनु पर्ने उनको भनाइ छ । स्वास्थ्यमा छुट्याएको कुल बजेट मध्ये २० प्रतिशत मानसिक स्वास्थ्यमा लगाउनु पर्ने उनको सुझाब छ । 

अन्तरक्रियामा अब्वल उइका नेपालका निर्देशक विजया बिधुक्ष्यले मानसिक सामस्याले जटिल रुप लिइरहेको बताइन । उनले यो क्षेत्रमा काम गर्ने जति संस्था भए पनि सरकार नलागी केही नहुने प्रष्टाइन । सबै नागरिक, संघसंस्था, सरकार मिलेर यो समास्या समाधानमा लाग्नु पर्ने विचार उनले व्यक्त गरिन । 

Last modified on 2018-10-11 08:57:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts