आँखा स्वास्थ्य सम्बन्धी नेपालका केही तथ्य



Download our app to get more features

आँखा स्वास्थ्य सम्बन्धी अध्ययन ‘इपिडिमियोलोजी अफ ब्लाइन्डनेस इन नेपाल ०१०’ का अनुसार नेपालमा एक लाख २० हजार मानिस दृष्टिविहिन छन् । यस्तै साढे ११ लाख मानिसमा रहेको दृष्टिदोष मध्ये करिब ७० प्रतिशतको उपचार गरे निको हुने अवस्था छ । अन्य थप तथ्य निम्न छन् :-

  • एक लाख २० हजार मानिस दृष्टिविहिन छन् । 
  • १० लाख २५ हजार मानिसमा उच्च तथा मध्यम दृष्टिदोषको समस्या छ ।
  • ११ लाख ५० हजार मानिस अन्धोपन वा दृष्टिदोषबाट प्रभावित छन् । 
  • ६६ प्रतिशत अन्धोपनको उपचार हुन्छ । 
  • १६ प्रतिशत अन्धोपन रोकथाम गर्न सकिने खालका छन् ।
  • उच्च तथा मध्यम न्यूनदृष्टि रहेका मध्ये ६० प्रतिशत महिला छन् । 
  • न्यूनदृष्टिको मुख्य कारणमा दृष्टिदोष, मोती विन्दु र जलविन्दु रहेका छन् । 
  • दृष्टिविहिनको मुख्य कारणमा मोती विन्दु, जलविन्दु र आँखाको पर्दा रहेका छन् ।
  • पछिल्लो २० वर्षमा संक्रमण जस्तैं ट्रकोमाका कारणले हुने न्यूनदृष्टि समस्यामा वृहत रुपमा घटेको छ । 
  • हरेक वर्ष नेपालमा अनुमानित ३० प्रतिशत मानिसलाई आँखा जाँच गराउनुपर्ने देखिन्छ ।  
  • सन् २०१४ मा नेपालमा गरिएको पहिलो र ठूलो सर्भेमा ० दशमलब ०६ प्रतिशत बालबालिकामा बालअन्धोपन देखिन्छ । त्यसमध्ये ८० प्रतिशत बालबालिकाको उपचार गरेर हटाउन सकिने अन्धोपन भेटिएको छ ।

 

अन्धोपनाका मूख्य कारणहरु

  • मोती विन्दु र यस सम्बन्धि ६५ प्रतिशत 
  • आँखाको पर्दाजन्य रोगह १३ प्रतिशत 
  • आँखाको नानीमा हुने अन्धोपना ६ प्रतिशत 
  • जलविन्दु ५ प्रतिशत
  • दृष्टिदोष ४ प्रतिशत 
  • अन्य ७ प्रतिशत 
     
Last modified on 2018-10-11 14:42:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts