Breaking

राजधानीमै १५ वर्षीया किशोरीले बलात्कारपछि जन्माइन् मृत शिशु


Download our app to get more features
Birat Hospital

काठमाडौं, २५ असोज । कन्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्या र अन्य थुप्रै बलात्कारका घटनाले समाज नै आक्रान्त बनिरहेको बेला राजधानी काठमाडौंमै बलात्कारको अर्को घटना भएको छ । 
बलात्कार भएको पनि त्यति बेला थाहा भयो, जतिबेला किशोरी प्रसव पीडाले छटपटाउँदै अस्पताल पुगिन् । बुधवार राती करिब साढे ११ बजेतिर पेटमा असह्य पीडा भएको भन्दै दुई युवाले १५ वर्षीया किशोरी नमिता (नाम परिवर्तन) लाई पिपुल्स अस्पताल नयाँ बजारमा ल्याएपछि घटनाको खुलासा भएको हो ।
पेट धेरै दुखेको भनेपछि चिकित्सकले ग्यास्ट्रिक होला भनेर सामान्य जाँच गरे । त्यही अनुसार उपचार पनि सुरु गरे । सोही क्रममा ती किशोरी पिसाब लागेको भन्दै शौचालय गइन् । शौचालयबाट फर्कँदा उनको लुगामा रगत देखेपछि ड्यूटीमा रहेका चिकित्सकले वरिष्ठ डाक्टरलाई जानकारी गराए । त्यसपछि मात्र चिकित्सकले उनी गर्भवति भएको हुनसक्ने अनुमान गरे । तर, नमिताले त्यसलाई अस्वीकार गरिन । चिकित्सकले उनलाई पछिल्लो पटक महिनावारी कहिले भएको भनी प्रश्न गर्दा सुरुमा त उनले नियमित भएको जवाफ दिइन् । तर, चिकित्सकले हप्काएपछि नमिताले सबै कुरा भनिन् । उनको पछिल्लो महिनावारी गतसाल २५ माघमा भएको रहेछ ।
त्यसयता उनको मासिक चक्र नभएको थाहा पाएसँगै चिकित्सकले उनको गर्भ परीक्षण गरे । परीक्षणमा गर्भ रहेको देखिएसँगै चिकित्सक थप सशंकित भए । जब आमालाई बोलाइयो त्यसपछी डाक्टरले कसरी गर्भ रहेको भन्ने प्रश्न गरेपछि किशोरी नमितामा छटपटी देखियो । उनी हतास देखिएसँगै चिकित्सकले उनको आमालाई बोलाउन लगाए । सुरुमा त आमाले पनि छोरी गर्भवति भएको कुरा पत्याइनन् । आफ्नी छोरी बिहान स्कुल जाने र बेलुका ६ बजे घर आइपुग्ने भन्दै त्यस्तो गलत प्रकृतिको नभएको भनिरहिन् । एकातिर प्रेग्नेन्सी पोजेटिभ आउनु सँगै किशोरीको पेट छाम्दा बच्चा भएको जस्तो बनावट पाएको कुरा भन्दा पनि आमाले पत्याइनन् । र आफ्नो छोरी त्यस्तो नभएको जिकिर गरिरहिन् ।

डाक्टर र किशोरीकी आमाबीच छलफल चलिरहेकै बेला नमिता एकदमै पेट दुखेका भन्दै चिच्याउन थालिन् । त्यसपछी चिकित्सक र नर्सको टिमले लुगा खोलेर हेर्दा किशोरी सुत्केरी हुनै लागिसकेकी थिइन् । यो दृश्य देखेपछि भने किशोरीकी आमा छाँगोबाट खसेझैं भइन् । छोरीको छट्पटी आमामा सर्यो । नमिताले १ दशमलब ३ केजीको मृत शिशु (छोरी) जन्माइन् । यसपछि किशोरीले प्रष्टसँग मुख खोलिन् र बेलिविस्तार लगाइन् ।

vayoda

नातामा दाई पर्नेद्वारा बलात्कार
सुत्केरी भइसकेपछि नमिताले अस्पताल ल्याउने दाइले गाउँ जाँदा कक्षा ६ मा पढ्दादेखि नै (१२ वर्ष) देखि नै बलात्कार गर्दै आएको बताइन । अहिले १५ वर्ष पुगेकी नमिताका बुबाआमा सामान्य मजदुरी गर्छन । आमाबुबा नभएको बेलामा दाई आएर कोठामै बलात्कार गर्ने गरेको उनले सुनाइन् । बच्चा किन मरेको जन्मियो भन्ने विषयमा डाक्टरले दुई अनुमान गरेका छन् । कि त आमाको उमेर नपुग्दा वा कुनै औषधि खुवाइएको कारण मृत्यु भएको हुनसक्छ । आपराधिक प्रकृतिको घटना भएको थाहा पाएलगत्तै चिकित्सकले सोह्रखुट्टे प्रहरीलाई खबर गरेको थियो । प्रहरीले केही अभियुक्तहरुलाई पक्राउ गरेको जनाएको छ । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी गौतमकुमार केसीले गम्भीर घटना भएकोले अनुुुसन्धान जारी रहेको र अभियुक्तहरुका बारेलमा अहिले नै भन्न नसक्ने बताए । यद्यपि, पीडितको बयानका आधारमा केही व्यक्ति पक्राउ गरेको उनको भनाइ छ । ‘हामी यो घटनाको सत्थतथ्य नजिक पुगेका छौं ।’ उनले भने, ‘अनुसन्धान भइरहेकाले अहिले केही नभनौं, अपराधी उम्कन सक्दैन । छिटै यो घटनाका बारेमा थप थाहा पाउनुहुनेछ ।’
 

Last modified on 2018-10-12 09:13:36

bnc samyog_advertisement bathrog

Leave a Comment

Spark_health_home NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

BlueCross_Dec12 Related Posts norvic_hospital