महिला र पुरुषमध्ये को धेरै सुत्छन् ?



Download our app to get more features

 प्रायः सबैजसो मानिस आवश्यकता अनुसार सुत्ने गर्छन । कतिपय कम सुत्छन् भने कतिपय बढी । 

तर पुरुष र महिलाहरुमा को बढी सुत्छन् त ? यो सबैको जिज्ञासाको विषय हुनसक्छ । एक स्मार्टफोन एपको माध्यमबाट वैज्ञानिकहरुले संसारभरका मानिसहरुको सुत्ने ढाँचा बारे पत्ता लगाएका छन् ।

एक अनुसन्धानपत्रका अनुसार पुरुषको तुलनामा महिलाहरु बढी सुत्छन् । र सबैभन्दा कम सुत्नेमा मध्य उमेरका पुरुषहरु रहेका छन् । ३० देखि ६० वर्षसम्मका महिलाहरु पुरुषभन्दा कम्तिमा ३० मिनेट बढी सुत्ने गरेको अनुसन्धानपत्रमा उल्लेख छ । 

एपको प्रयोग गर्ने मानिसलाई उनीहरुको सुत्ने समयबारे अनुसन्धानकर्तालाई जानकारी दिन पनि विकल्प दिइएको थियो ।  

युनिभर्सिटी अफ् मिसिगनका अनुसन्धानकर्ताहरुले सन् २०१४ मा ‘एन्ट्रेन एप’ बनाएका थिए । 

Last modified on 2018-10-12 09:13:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts