पोखरा वृद्धाश्रममा स्वर्ण महोत्सव स्वास्थ्य शिविर सम्पन्न 



Download our app to get more features

पोखरा, २६ असोज । ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य उपचार गर्ने उद्देश्यले लायन्स क्लव अफ मुनालले पोखरा वृद्धाश्रममा स्वर्ण महोत्सव स्वास्थ्य शिविर सम्पन्न गरेको छ । 
लायन्स क्लव डिष्ट्रिक ३२५ बी वानका गभर्नर अशोककुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा स्वास्थ्य शिविर गरिएको हो । 

२०७१ साल भाद्र महिनाबाट शुरु भएको शिविर ५० औं श्रृंखलामा पुगेको अवसरमा कार्यक्रममा बोल्दै गर्भनर श्रेष्ठले सामाजिक सेवामा पोखरा वृद्धाश्रम अग्रणी स्थानमा रहेको बताए  । 

श्रेष्ठले ज्येष्ठ नागरिकको उपचारमा सहयोग पु¥याएर लायन्स क्लवको गरिमा बढाउन सहयोग गरेको धारणा व्यक्त गरे । वृद्धाश्रमका संस्थापक बसन्तकेशव पराजुलीलाई ज्येष्ठ नागरिकको संरक्षणमा उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरिएको थियो । 

स्वास्थ्य शिविरलाई निरन्तरता दिन सहयोग गरेको भन्दै मनिपाल शिक्षण अस्पताल, लायन्स क्लव अफ मुनाल र शान्ति दिप अभियानलाई संस्थागत रुपमा वृद्धाश्रमका तर्फबाट सम्मान गरिएको थियो । 

ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य उपचार गर्ने उद्देश्य सहित शान्ति दीप अभियान, लायन्स क्लव अफ पोखरा मुनाल, मनिपाल शिक्षण अस्पताल र पोखरा वृद्धाश्रमको सहकार्यमा महिनाको १ पटक स्वास्थ्य शिविर आयोजना गरिदैं आएको छ ।
 २०५३ सालमा पश्चिमाञ्चलमै पहिलो पटक शूरु गरिएको सो वृद्धाश्रममा हाल देशैभरिका करिव ७० जनाले आश्रय लिइरहेका छन् ।
 

Last modified on 2018-10-13 06:03:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts