जिका भाइरसबारे नयाँ तथ्य !

What's This?


Download our app to get more features

काठमाण्डौ, २२ फागुन विश्व स्वास्थ्य क्षेत्रमा चुनौतिको विषय बनेको जिका भाइरसबारे अर्को नया तथ्य पत्ता लागेको छ ।
अ‍ेमेरिकी अनुसन्धातकर्ताहरुको समूहले पत्ता लगाएको तथ्य अनुसार जिका भाइरस संक्रमण भएको गर्भवति महिलाबाट जन्मने बच्चामा माइक्रोकिफ्याली भन्ने विसंगति लिएर जन्मन्छन् । उनीहरुको टाउको असामान्य सानो हुन्छ भने मश्तिष्कको पूर्ण विकास भएको हुँदैन । जिका भाइरसले मश्तिष्कको कोष बन्ने क्रमलाई हानी पुर्याइदिने भएकाले नया मश्तिष्ककोष बन्न नसक्ने अध्ययनले देखाएको वांसिगटन पोष्टमा खबर छ ।
अमेरिकाको जोन हम्किन्स, फ्लोरिडा स्टेट र इमोरी विश्वविद्यालयका वैज्ञानिकहरुको समुयले यस्तो तथ्य पत्ता लगाएको होे । जिका भाइरसको महामारी रहेको ल्याटिन अमेरिकी देश ब्राजिलमा भाइरस संक्रमणका कारण सयौं शिशुमा जन्मजात माइक्रोकिफ्याली देखिएको त्यहाँका अधिकारीहरुले स्विकार गरेका छन् । वैज्ञानिकहरुले यसअघिनै जिका भाइरसका कारण गम्भीर नशारोग गुलेनवरी सिन्ड्रोम हुने तथ्य सार्वजानिक गरेका थिए ।   

 

Last modified on 2016-03-05 08:53:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts