अब तपाईंको ब्लडग्रुपबाट हृदयघातको सम्भावना थाहा पाउनुहोस्



Download our app to get more features

तपाईंको ब्लडग्रुपबाट थाहापाउन सकिन्छ कि तपाईंलाई हृदयघात हुने संभावना कति छ ? केही समय अघि नेदरल्याण्डमा भएको एक अनुसन्धानबाट यो निष्कर्ष निक्लिएको हो । यो अध्ययनको निष्कर्षमा भनिएको छ कि ओ ब्लड ग्रुप भएका व्यक्तिहरु भन्दा ए, बी र एबी ब्लड ग्रुप भएका व्यक्तिहरुलाई हृदयघातको संभावना ९ प्रतिशत बढी हुन्छ । 

अध्ययनमा भनिएको छ, ‘रगतमा विलेब्रैड धेरै भएमा हृदयघातको संभावना ज्यादा हुन्छ । विलेब्रैड रगतलाई जमाउन सहयोग गर्ने प्रोटीन हो, जुन थ्रोम्बोटिक प्रक्रियासँग जोडिएको हुन्छ । ए ब्लडग्रुपका मानिसहरुलाई कोलस्ट्रोलको संभावना धेरै हुन्छ, जुन हृदयघातको मुख्य कारण हो ।  

अध्ययनकर्ताहरुले भनेका छन् की ओ ब्लडग्रुप भएका मानिसहरुमा ग्यालेक्टिन ९३ को संभावना धेरै हुन्छ । ग्यालेक्टिन ९३ प्रोटीनले सुन्निने र हृदयघात हुने संभावनालाई कम गर्दछ ।  

नेदरल्याण्डको ग्रोनिगन विश्वविद्यालयका प्रमुख लेखक र उनका छात्राहरुले गरेको अध्ययनमा पत्ता लागेको हो कि ओ ब्लडग्रुप हुने व्यक्तिहरुमा हृदयघातको संभावना कम हुन्छ । यसमा विषेशगरी मायोकार्डियल एन्फेक्सन समावेश भएको हुन्छ । यो अध्ययन ‘हार्ट फेलियर २०१७’ र चौँथो ब्लड काँग्रेसको एक्यूट हार्ट फेलियरमा प्रस्तुत गरिएको थियो । 
 

Last modified on 2018-10-16 13:53:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts