कान्तिपुर डेन्टल पुगेर प्रधानमन्त्रीले गराए आफ्नो मुखको परिक्षण



Download our app to get more features

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नियमित दाँत परिक्षण गराएका छन् । 

बुधबार कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर, बसुन्धरामा प्रधानमन्त्री ओलीले आफ्नो मुख तथा दाँतको नियमित परिक्षण गराएका छन् । परिक्षणको क्रममा उनको मुख तथा दन्त स्वास्थ्यको अवस्था सामान्य रहेको अस्पतालका अध्यक्ष डा.बुद्धिमान श्रेष्ठले बताए ।

त्यसअघि उनको मुख तथा दाँतको नियमित परिक्षणका लागि मंगलबारै अस्पतालको मोबाईल डेन्टल भ्यान सहितको टोली प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो । 

उनको उपचारमा अस्पतालका अध्यक्ष श्रेष्ठको नेतृत्वमा डा. सन्ध्या श्रेष्ठ, डा. सन्तोष मान राजभण्डारी, डा. अंकित शाह, डा. सौगात गौतम, डा. परिधि शर्मा, डा. जोन गुरुङ्ग, रमिता खत्री, सुस्मा नेपाली र डा. गोबिन्द शाहीको सहभागिता थियो । 

  
 

Last modified on 2018-10-18 17:44:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts