दशैँको मनोवैज्ञानिक महत्व


Download our app to get more features
Birat Hospital

हिन्दूहरूको महान पर्व दशैँको धार्मिक रूपमा मात्र होइन, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक रूपमा पनि ठुलो महत्व रहेको छ । हुन त हाम्रा सबै चाडपर्वहरू कही न कही धर्मसँग जोडिएर आउने गर्दछन् । तर दशैँजस्ता महत्वका चाडपर्वलाई धर्मसँग मात्र सम्बन्धित नबनाएर परम्परा र संस्कृतिका रूपमा विकसित गरिंदै लैजानु पर्दछ । यसलाई सबै नेपालीहरूले महत्वका साथ मनाउनुपर्छ । दशैँतिहार जस्ता राष्ट्रिय चाडपर्वहरूले राष्ट्रिय एकता, शान्ति र  सद्भाव कायम राख्न मद्दत समेत गरिरहेको हुन्छ साथै नेपाली हुनुको पहिचान र गौरव महसुस गराउँछ । 

विश्व स्वास्थ्य संगठनका अनुसार मानिस पूर्णरूपमा स्वस्थ्य हुनका लागि शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक रूपमा स्वस्थ्य हुनुपर्दछ । दशैँजस्ता चाडपर्वले मानिसलाई यी चारै किसिमबाट स्वास्थ्य रहनका लागि मद्दत पु¥याइरहेको हुन्छ । दशैँ यस्तो मौसममा पर्छ जुनबेला खेती किसानी गर्ने व्यक्तिलाई कामको कुनै बोझ हुँदैन । कामको चपेटाबाट मुक्त भएर आराम गर्ने अवसर पनि हो यो दशैँ । दशैँमा प्रायः सबैले मीठो मसिनो र पोषिलो खानेकुरा खाने गर्दछन् । दशैँमा विशेष रूपमा खाइने दही, चिउरा, घ्यु, फलफूल, मिठाई, माछामासु जस्ता कुराले बल प्रदान गर्ने र शारीरिक रूपमा स्वस्थ्य राख्न मद्दत पु¥याउँछ । दशैँमा खेलिने पिङले शारीरिक व्यायम तथा मनोरञ्जन समेत प्रदान गरिरहेको हुन्छ । दशैँको बेला ठुलाले सानालाई टिका लगाएर दिइने आर्शिवाद र एकअर्कामा गरिने शुभकामनाको आदान–प्रदानले व्यक्तिमा जोश, जाँगर र हौसला बढाउँछ । निराश मनमा पनि आत्मबलको सञ्चार हुन थाल्छ । आफन्त र साथीभाइसँगको भेटघाटले निराशा र एक्लोपन हटाउँछ । व्यक्तिलाई सही मार्गमा हिँड्ने प्रेरणा मिल्दछ र सकरात्मक सोचको विकास गरिदिन्छ । यसले व्यक्तिको मानसिक स्वास्थ्य प्रबद्र्धन गर्न मद्दत गर्दछ । 

दशैको रमझमले खुसियाली र उमङ्ग लिएर आउँछ । अझ केटाकेटीहरू त कहिले दशैँ आउँला भनेर दुई चार महिना अगाडिदेखि नै औँला भाँच्न थाल्छन्् । दशैंको अवसरमा आफन्त तथा साथीभाइहरूसँग गरिने भेटघाट र शुभकामनाको आदन–प्रदानबाट आत्मीयता, माया, प्रेम, सद्भाव, भाइचारा, मेलमिलाप र निकटता कायम राख्न मद्दत गर्दछ । यसले मानिसलाई सामाजिक रूपमा स्वस्थ्य बनाउछ । घर छोडेर विदेशिएका वा टाढा परदेश गएका परिवारका सदस्यहरूलाई एकै ठाउँमा ल्याउने चाड हो दशैं । विदेशिएका धेरै नेपालीहरू दशैँको अवसरमा स्वदेश फर्किने समय कुरेर बसेका हुन्छन् । नाति नातिनादेखि हजुरबुबा, हजुरआमा एकै ठाउँमा भेला भएर हर्षोल्लासका साथ मनाइने दशैँले बढ्दै गएको जेनेरेशन ग्यापलाई समेत कम गर्न र सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गर्दछ । दशैँको बेला विभिन्न शक्तिपिठहरूमा गएर गरिने पूजापाठले व्यक्तिलाई आध्यात्मिक बनाउन मद्दत गर्दछ । आत्मिक शक्ति प्रदान गर्दछ । आत्मिक शक्तिले व्यक्तिलाई मानसिक रूपमा सवल बनाउँछ । 

दशैँ नेपालीहरूको मौलिक पर्व पनि हो । नेपालमा मगर, गुरुङ, राई, लिम्बु, थारु, नेवार, क्षेत्री, बाहुन आदि जातिमा जस्तो चामलको टिका र जमरा लगाउने चलन संसारका अन्य कुनै पनि जाति वा हिन्दुहरूमा पाइँदैन । चामलको टिका लगाउनु अन्नको सम्मान गर्नु हो । यही अन्नले हामीलाई जीवित बनाउँछ । यसले नेपाल कृषि प्रधान देश हो भन्ने कुरालाई पनि झल्काउँछ । दशैँमा टिकासँगै जमरा लगाउनुको पनि अर्थ छ । जमराको जुस जसलाई अमृतरस भनिन्छ । जमराको जुस दैनिक सेवनले धेरै किसिमका रोगहरू लाग्नबाट हामीलाई बचाउँछ र दीर्घ जीवन दिन्छ । दशैँमा जमरा लगाउनुको अर्थ जमराको औषधि गुण र महत्वलाई झल्काउन प्रतीकको रूपमा लिइएको हो । 

दशैँमा दक्षिणा दिनु आफैमा नराम्रंो होइन । चाडपर्वको बेला किनमेल लगायतमा धेरै पैसा खर्च हुने, ऋण समेत लाग्ने हुँदा सक्नेले गच्छे अनुसार आफूभन्दा सानालाई टिका लगाएर पैसा दिंदा यसले थोरबहुत ऋणबाट मुक्त हुन र आर्थिक अवस्था सुधार गर्न मद्दत गर्दछ । 

पछिल्लो समय दशैँ खर्चिलो बन्दै गएको छ । “दशैँ आयो, खाउँला पिउँला के खाउँला, चोरी ल्याउँला” अर्थात् “घाँटी हेरी हाड निल्नु” पर्दछ भन्ने मान्यता विपरीत जसरी पनि मिठोमसिना खानैपर्छ, जसरी पनि राम्रो लगाउनै पर्छ भन्ने चाहना र तडकभडकले दशैँ बोझ र तनावपूर्ण बन्दै गएको छ । कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरूका लागि दशैँ दशाकै रूपमा परिणत हुँदै गएको छ । चाडपर्वलाई फजुल खर्च गर्ने अवसरको रूपमा होइन । आफूलाई उत्साहित गर्ने आपसी सम्बन्ध प्रगाढ बनाउने, माया प्रेम र सद्भाव बढाउने अवसरको रूपमा लिनु पर्दछ । 

दशैँको बेला देवीदेवताको नाममा चढाइने बली भने एक किसिमको अन्धविश्वास हो । पछिल्लो समय यो विकृतिको रूपमा विकसित हुँदै गएको छ । अरु प्राणीलाई मारेर उसको मासु खानु महा पाप हो । पेटको लागि मान्छे जस्तोसुकै पाप गर्न पनि पछि पर्दैन । आफ्नो पापलाई छल्न, आफ्नो लाजलाई पचाउन देवीदेवतालाई चढाएको प्रसाद हो भन्दै खाने निहुँ र बाहना बाहेक यो अरु केही होइन । यदि सबै प्राणी देवीदेवताको सृष्टि हुन् भने आफैले सृष्टि गरेको आफ्नै सन्तानलाई आफ्नै आमाले भोग कहिल्यै गर्दिनन् । मानिस आफूलाई प्राणीहरू मध्येको श्रेष्ठ प्राणी सम्झन्छ । तर पनि कुसंस्कार र कुरीतिमा अल्झेको छ । यो मानव जातिका लागि नै लाजमर्दो कुरा हो । बली प्रथाले स्वयम् व्यक्तिलाई हिंस्रक, मानसिक रूपमा कमजोर, चिटचिटाहाट, अस्थिर र रिसाहा बनाउने गर्दछ । शाकाहारी व्यक्तिहरूलाई पनि दशैँको मारकाटले अत्यन्तै धेरै तनाव दिन्छ । खसीबोकाको क्रन्दन, रगत र काटमारको दृश्यले उनीहरूलाई मानसिक रूपमा अस्थिर बनाउने गर्दछ । वास्तवमा बली चढाउनु भनेको आफ्ना कमीकमजोरीहरू, आफ्ना खराब आचरण, असुरी र दुर्बल पक्षहरू पासाविक मनोवृत्ति, काम, क्रोध, लोभ र मोहजस्ता कुरा छोड्ने संकल्प देवीदेवताका सामु राख्नु हो । आफ्नो गलत कार्यको प्रायश्चित गर्नु हो । 

दशैमा विशेष रूपमा शक्तिपिठहरूमा दुर्गा भवानीको पूजा हुन्छ । दुर्गा माता अर्थात् महिला वा स्त्रीलाई शक्तिको रूपमा पुजा गर्नु, शक्तिको प्रतीकको रूपमा लिनु हाम्रोजस्तो पुरुषप्रधान समाज जहाँ महिलालाई कमजोर ठानिन्छ । यस्तो समाजमा यसले ठुलो महत्व र अर्थ राख्दछ । 

Last modified on 2018-10-19 12:15:00

bnc samyog_advertisement bathrog

Leave a Comment

Spark_health_home NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

BlueCross_Dec12 Related Posts norvic_hospital