सबै जिल्ला जनस्वास्थ्य कार्यालय अब प्रदेश सरकार मातहत



Download our app to get more features

काठमाडौं, ५ कार्तिक । सरकारले देशभरका सबै ७७ जिल्लाका जनस्वास्थ्य कार्यालय/स्वास्थ्य कार्यालयलाई अर्को निर्णय नभएसम्मका लागि प्रदेश सरकार मातहत राख्ने निर्णय गरेको छ । ४ कार्तिकमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय निर्णयबाट जनस्वास्थ्य कार्यालयलाई प्रदेश सरकारका मातहत रहन परिपत्र भएको हो । 
निर्णय अनुसार ७७ वटै जिल्लाका जनस्वास्थ्य कार्यालयहरुको कर्मचारी समायोजन भौतिक तथा सूचनाजन्य सम्पतिहरुको हस्तान्तरण, आर्थिक प्रशासन सम्बन्धी कागजातहरुको व्यवस्थापन एवं साविकमा सो कार्यालय सञ्चालन गर्दै आएका कार्यहरु सूचारु गर्ने अर्को जिम्मेवार निकाय स्थापना लगायतका कार्य प्रक्रियामा रहेकाले हाललाई प्रदेश मातहतमा रहि साविकको जिम्मेवारी सम्पन्न गर्न भनिएको छ ।   


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts