स्वास्थ्य सचिव डा. चौधरीलाई प्रधानमन्त्री कार्यालय तानियो



Download our app to get more features

काठमाण्डौ, कार्तिक ७ । स्वास्थ्य तथा जनसंख्या सचिव डा. पुष्पा चौधरीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारीबाट हटाइएको छ । 

कामकार्वाहीप्रति असन्तुष्टि बढिरहेका बेला डा. चौधरीलाई प्रधानमन्त्री कार्यालयमा तानिएको हो । प्रधानमन्त्री कार्यालयका एक सचिवका अनुसार उनलाई प्रधानमन्त्री कार्यालय तानिएको हो । यद्यपी चौधरीको सरुवाको जानकारीलाई सार्वजानिक भने गरिएको छैन । 

चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएसँगै स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेललाई निमित्त सचिवको जिम्मेवारी दिने अनुमान गरिएको छ ।  डा. चौधरी अघिल्लो साल स्वास्थ्य सचिवमा नियुक्त भएकी थिइन् । उनको कामलाई लिएर केही समययता स्वास्थ्यमन्त्री उपेन्द्र यादव लगायत प्रधानमन्त्री समेत असन्तुष्ट रहेको चर्चा चलेको थियो । 

Last modified on 2018-10-25 06:51:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts